काठमाडौं- सरकारले कोरोनाको कारण विद्यालय तथा क्याम्पस नखुलेपछि वैकल्पिक शिक्षालाई सहयोग पुग्ने गरी ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि यस्तो कर्जा उपलब्ध हुने जानकारी दिए।
'सरकारले ८० हजार रुपैयाँसम्मका ल्यापटप १ प्रतिशत ब्याजदरमा दुई वर्षको अवधि रहने गरी विद्यार्थीलाई कर्जा उपलब्ध गराइने छ,' बजेट वक्तव्यका क्रममा उनले भने।