काठमाडौं– अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोसले आगामी जुलाई ५ तारिखदेखि कम्पनीमा पद छाड्ने भएका छन्।
किताब बेच्ने अनलाइन स्टोरको रुपमा अमेजन सुरु गरेका बेजोसले सीईओ छोडेपछि एन्डी जेसीले अब उक्त पद सम्हाल्नेछन्। सन् १९९४ जुलाई ५ तारिखमा बेजोसले अमेजन स्थापना गरेका थिए।
सीईओबाट हटे पनि बेजोस कम्पनीको कार्यकारी अध्यक्ष रहनेछन्र कम्पनीका नयाँ उत्पादनका लागि काम गर्नेछन्। वासिङ्टन पोस्टका अनुसार बेजोसले अब अन्तरिक्ष अनुसन्धान गर्ने आफ्नो कम्पनी ब्लु ओरिजिनलाई पनि अगाडि बढाउनेछन्।