शुक्रबार, वैशाख १४, २०८१

साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडाैं - नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ।

triton college

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याकाे पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन्। गत माघमा कुल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो।

नेपालमा कुल जनसंख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

corrent noodles
Metro Mart

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ। फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ।

एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ।

गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन्।

त्यस्तै फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ। नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ।

आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ। गत माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन्। गत माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना थिए।

प्राधिकरणको तथ्यांकअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन्।

गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ। गत माघमा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए।

यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ। गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन्।

स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक छन्। फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत छ। यसमा एडीएसएलका आठ लाख १२ हजार र एफटीटीएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन्। रासस

प्रकाशित: May 26, 2021| 06:18 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...