अमेरिकाले नयाँ सुपर कम्प्युटर निर्माण गरेको छ । यो कम्प्युटरमा दुई लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्ने क्षमता छ । 'समिट' नाम दिइएको कम्प्युटरमा दुई सय पेटाफल्प छन् । समिटमा १० पेटाबाइट अफ मेमोरी र चार हजार छ सय आठ सर्भर छ ।
यसभन्दा अघि चीन ले बनाएको 'सनवे ताइडहुलाइट' नामको कम्प्युटर सबैभन्दा ठूलो थियो । जसको क्षमता ९३ पेटाफल्प थियो ।
समिट कम्प्युटर टेनिसीस्थित ओका रिजिड नेशनल ल्याब्रेअटरीमा निर्माण भएको हो । अन्तर्राष्ट्रिय कम्पनी आईबीएम र एननभिडियाको 'पार्टनरसीपमा' बनेको हो ।
जुन ८ मा कम्प्युटरको
उद्घाटन गर्दै निर्देशक डा.थोमस ज्याकरायले समिट निर्माणका क्रममा 'जिनोमिक कोड' बनाउनु अघि नै प्रोसेसिङगका लागि अफर आएको बताएका थिए ।