काठमाडौं: प्रविधिको विकासलाई हेर्ने हो भने विश्वले निकै फड्को मारिसकेको छ । विश्वका शक्तिशाली मुलुकहरुले प्रविधिकै प्रयोग गरी आफूलाई अब्बल सावित गरिसकेका छन् । जसमा जापान अन्य मुलुकभन्दा प्रविधिमा आत्मनिर्भर छ । जापान नयाँ–नयाँ प्रविधिको कसरी आविष्कार गर्ने भन्ने कुरामा नै बढी केन्द्रित हुने गर्दछ । खाने, सुत्ने, उठ्ने र शौचालयसम्म र हरेक कामको सहजताका लागि जापानीहरु प्रविधिमा नै निर्भर हुन्छन् ।
केही अचम्म खालको जापानी आविष्कारहरु१) भेन्डिङ मेसिन
भेन्डिङ मेसिन ‘ए टि एम’ मेसिन जस्तै प्रयोग गरिन्छ । जसमा पैसा हालेर आफूलाई चाहिएको सामान लिन सकिन्छ । भेन्डिङ मेसिनको प्रयोग विमाननस्थल र मेट्रो सिटिमा पाइन्छ जुन चिसो पेय पदार्थ र ‘जन्क फुड’ का लागि प्रयोग गरिन्छ किनकि यस खालको सामानहरु भेन्डिङ मेसिनबाट बेच्न सजिलो हुन्छ । तर, जापानमा भने चिप्स र चिसो बाहेक मानिसको जीवनमा दिनहुँ प्रयोगमा आउने सामानहरु भेन्डिङ मेसिनमार्पmत पाउन सकिन्छ ।
मेसिनमा अण्डा, बर्गर, जुत्ता, कपडादेखि लिएर सम्पुर्ण सामानहरु पाउन सकिन्छ । ‘ए टि एम’ मेसिनजस्तै जापानको अलग–अलग सहरमा भेन्डिङ मेसिन उपलब्ध छ । जसले जापनीहरुको दैनिकी धेरै सजिलो बनाएको छ ।
२) साई फाई डोर
मानिसको स्पर्शले स्वचालित हुने ढोका प्राय सुपरमार्केट तथा ठूलो मलहरुमा मात्र देखिन्छन् । तर साइ फाई फिल्ममा कम्यूटरको मद्दतले साइफाई ढोकालाई अझैँ वढि आकर्षक देखाइन्छ।
काल्पनिक चिजलाई वास्तविक जीवनमा गरेर देखाउन जापनीहरु सफल मानिन्छन् । जापानले यस्तो आकर्षक ढोकाको निमार्ण गरेका छन जो मानिसको स्पर्शसगैँ खुल्ने, बन्द हुने र सुरक्षाको दृष्टिकोणले चार गुणा अघि छ । जसको नाम ‘ई टि एफ अटोमेटिक डोर’ हो, जुन ‘इन्फ्रारेड सेन्स’ को मद्दतले ढोका खुल्छ ।
कुनै पनि व्यक्तिको शरीरको आकार र उचाई अनुसार ढोकको ‘साइज’ बन्छ । मानिसलाई चिन्ने अचम्मको सुरक्षा व्यवस्थाकासाथ ढोका तयार पारिएको छ । ढोका उनका लागि मात्र खुल्छ जो मालिकको सूचिमा हुन्छन् ।
३) बाथरुम सिन्क
ग्लोबल वार्मिङ र प्रदुशणकाकारण पानीको स्रोतमा समस्या विश्व मै उस्तै रहेको छ । बाथरुम प्रयोग गरेपछि हामी फ्ल्स गर्ने गर्छों जसमा सफा पानीको प्रयोग हुनेगर्छ।
पानीको चुहिने समस्याबाट बच्नका लागि जापानले अर्को एक फ्ल्स ट्यान्क टेक्नोलोजीको विकास गरेको छ । जसमा प्रयोग भइसकेको पानी फेरी प्रयोग गर्न सकिन्छ। पहिले प्रयोग भएको पानी जम्मा गर्ने र फ्ल्समा सोही पानी फेरी प्रयोग गर्ने प्रविधिले पानी धेरे खर्च हुनुबाट जोगाउन सकिन्छ ।
४) विना पानी प्रयोग गरिने वासिङ मेसिन
सामान्यतया, वासिङ मेसिनमा कपडा भिजिएर धुने गरिन्छ र पछि सुकाउन पनि पर्छ । तर, जापानी प्रविधिले पानीको प्रयोग विना लुगा धुन सकिने प्रविधिको आविष्कार गरेको छ । उक्त मेसिनमा धोएको लुगालाई न पानीको जरुरत पर्छ न त घामको नै । मेसिनमा राखिएको रसायनीक त्तत्वबाट बिना पानी मेसिनमा नै कपडा सफा हुने र सुक्नेगर्छ ।
यो मेसिन खासगरी ती कपडाहरुको लागि बनाइएको हो जुन हामी घरमा आफैं धुन सक्दैनौं र ‘ड्राइ क्लिन’ मा दिने गर्छौं ।
५) गोले किबोर्ड
‘जापनीज गुगल इन्पुट डिभेलप्मेन्ट टिम’ ले हेर्दा ड्रम्पसेट जस्तो देखिने किबोर्ड आविष्कार गरेको छ । टिमका अनुसार र्हेदा अचम्म देखिने किबोर्ड साधारण किबोर्ड भन्दा निकै तेज रहेको छ । गोलो आकार भएको कारण यसलाई ड्रम्पसेटको रुपमा पनि प्रयोग गर्न सकिन्छ र किबोर्ड जापानी भाषामा मात्र उपलब्ध छ ।
६) कुकुरका लागि चस्मा
घर पालुवा जनावर कुकरलाई मायाले कपडा र जुत्ता लगाइदिने अहिले सामान्य भइसकेको छ तर जापनीहरुले भने कुकुरको लागि चस्मा बनाएका छन् । मानिसले आफूलाई सुहाउने चस्मा लगाएजस्तै हरेक कुकुरको आँखा र मुखको आकार अनुसार ‘फिट’ हुने चस्मा लगाइदिने स्वभाव जापानमा सामान्य बनेको छ ।
७) टि के पि गेट टावर बिल्डिङ’
जापानमा रहेको ‘टि के पि गेट टावर बिल्डिङ’ हेर्दा कुनै भिडियो गेम जस्तो देखिने, सो बिल्डिङले आधुनिक भवन निर्माण विधा र बलियो इन्जिनियरिङ के हो भन्ने देखाउँछ ।
‘हान्चिङ एक्सप्रेस’ नाम रहेको राजमार्ग ‘टि के पि गेट टावर बिल्डिङ’ को भित्रबाट जानेगर्छ । बिल्डिङका मालिक र जापान सरकारबीच भएको विवादका कारण सो भवनको भित्रबाट बाटो बनाउन परेको थियो । यसमा आधुनिक विज्ञान र प्रविधिको प्रयोग भएको छ जसको कारणले न बिल्डिङलाई क्षति भयो न राजमार्ग बन्नबाट रोकियो ।
स्रोत: एजेन्सी प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४