शुक्रबार, माघ २, २०८२

अब ठूला विमानमा झ्याल नराखिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लन्डन- ठूला विमानमा यात्रा गर्दा धेरैको इच्छा हुन्छ, झ्यालतिरको सिटमा बस्ने र बाहिरको दृष्यमा हराउने । अब ठूला विमानहरूका झ्याल बन्द गरिने भएको छ । तिनको ठाउँ 'भर्चुअल' झ्यालले लिनेछन् ।

संयुक्त अरब इमिरेट्सको दुबईस्थित इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार बिनाझ्यालका विमानको सोच केही वर्षभित्रै पूरा हुँदैछ । गत बुधबार उक्त एयरलाइन्सका बोइङ ७७७-३०० ईआर विमानको प्रथम श्रेणीको क्याबिनमा उक्त प्रविधि जडान गरिएको छ ।

'फाइबर अप्टिक्स'मा जडित क्यामेराहरूको माध्यमबाट विमानभन्दा बाहिरको दृष्य क्याबिनमा देख्न सकिन्छ । क्लार्कका अनुसार यात्री जे देख्न चाहन्छन्, त्यही देखाइनेछ । झ्यालहरू हटाइँदा विमानको बनावट मजबुत हुने उनी बताउँछन् ।

झ्यालहरू हटाउँदा विमानको तौल कम हुने, इन्धन खपतमा कमि आउने र विमानको गति पनि बढ्ने उनको भनाइ छ ।

विमानसम्बन्धि विशेषज्ञ जोन स्ट्रिकल्यान्डको भनाइमा झ्यालहरू हटाउँदा विमानको डिजाइन चाहेअनुसार परिवर्तन गर्न सकिन्छ । तौल र इन्धन खपत कम गर्ने प्रयासमा यो कदम कोशेढुंगा सावित हुने उनको भनाइ छ ।

तर, यसमा असहमति जनाउने विशेषज्ञहरू पनि छन् । बेलायतको क्रेनफिल्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम ब्रेथवेटको भनाइमा आपतकालीन अवस्थामा चालक दलले बाहिरको दृष्य देख्नु जरुरी हुन्छ । झ्याल नहुँदा त्यस्तो बेलामा जटिलता बढ्ने उनी बताउँछन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...