बिहीबार, माघ १, २०८२

अमेरिकी युवा फेसबुकमा भन्दा युट्युवमा बढी आकर्षित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
विश्व समुदाय अहिले सामाजि सञ्जालमा जोडिएको छ । नेपाललगायतका देशमा सामाजिक सञ्जालभन्ने वित्तिकै फेसबुक बुझिन्छ । हुन पनि सामाजिक सञ्जालमा जोडिने मानिसका लागि एक छत्र बनेको फेसबुकको रोजाइ विस्तारै घट्दै गएको अनुसन्धानहरुले देखिएको छ । 

अहिले युवा पुस्ताहरु फेसबुकको सट्टा अर्को सामाजिक सञ्जाल युट्युवमा सक्रिय हुन थालेका छन् । ‘द प्यु रिसर्च सेन्टर’को अनुसन्धान अनुसार १३ देखि १७ वर्षका युवाहरुको रोजाई फेसबुकको तुलनामा युट्युब बढी छ । अमेरिकामा गरिएको अध्ययनमा ८५ प्रतिशत युवाले युट्युव हेर्दा ५१ प्रतिशत युवामात्र फेसबुकमा रमाएको पाइएको छ । यो तथ्यांक जुन २०१५ को तुलनामा २० प्रतिशत कम हो । 

कुनै समयमा सबैभन्दा वढि प्रयोग गरिने ट्वीटरको महत्वपनि क्रमशः घट्दै गएको पाइएको छ । अहिले ३२ प्रतिशत युवाले मात्र ट्वीटर चलाउने गरेको पाइएको छ । 
अनसन्धानमा भाग लिने १० प्रतिशत युवालेमात्र अन्य सामाजिक सञ्जालको तुलनामा फेसबुक बढी प्रयोग गर्ने गरेको प्रतिक्रिया दिएका छन् । 



क्यालिर्फोनयिामा अवस्थित मार्क जुकरबर्गको फेसबुक र इन्स्टाग्राम दुबै कम्पनीको राम्रो बिजनेस चलेको छ । यसैगरी युट्यूब र ट्वीट्रहरु पनि गुगलका कारण युवाहरुमाझ लोकप्रिय  छ ।

सर्वेक्षण अनुसार ३ वर्ष अगाडी ७३ प्रतिशत अमेरिकी युवाहरुले स्मार्टफोनको प्रयोग गरेको थिए । अहिले त्यो संख्या बढेर ९५ प्रतिशत पुगेको छ । 

सर्वेक्षणमा सहभागी भएका मध्ये २४ प्रतिशतले सामाजिक सञ्जालको प्रयोगले नकारात्मक असर पर्ने बताएका छन् भने ३१ प्रतिशतले सकारात्मक प्रभाव पार्ने टिप्पणी गरेका छन् । तर, ४५ प्रतिशतले भने सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया दिएका छन् । 

एक १५ वर्षकी किशोरीले मानिसको शत्रुको रुपमा रहेको एक्लोपनालाई हटाउन र आफैंमा खुसी हुन समाजिक सञ्जालको प्रयोग गर्ने गरेको बताएकी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...