मंगलबार, मंसिर १६, २०८२

स्टारसिपले मानिसलाई चन्द्र धरातलमा अवतरण गराउला त?

अन्तरिक्ष यान (रकेट) निर्माता कम्पनी स्पेस एक्सले बुधबार अन्तरिक्ष यान स्टारसिपको उडान परीक्षण गरेको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– अन्तरिक्ष यान (रकेट) निर्माता कम्पनी स्पेस एक्सले बुधबार अन्तरिक्ष यान स्टारसिपको उडान परीक्षण गरेको छ। सन्  २०२४ मा चन्द्रमामा मानिसलाई लिएर जान सक्ने यान तयार पार्ने ठेक्का लिएको स्पेस एक्सले बुधबार स्टरसिपको उडान परीक्षण गरेको हो।

National life

स्पेस एक्पोलेरेसन टेक्नोलोजी कर्पोरेसनले अमेरिकाको टेक्सासमा निर्माण गरेको यान पृथ्वीबाट छ माइल माथिसम्म परीक्षण गरिएको थियो। एसएन १५ नामक विमान स्पेसएक्सको प्रोटोटाइपको सफतापूर्वक ल्यान्डिङ भएको पाँचौं रकेटसमेत हो। यो सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको पहिलो यान पनि हो। स्पेसएक्सका सीईओ एलन मस्कले ट्विट गर्दै स्पेसएक्सको ल्यान्डिङ सफल भएको जानकारी दिएका छन्।

स्पेस एक्सले पहिलेका चारवटा यान ल्यान्ड गराइसकेपछिको पाँचौं प्रयास पनि सफल भएको हो। यसअघिका सबै मिसन एक्सप्लोजनबाट अन्त्य भएका थिए। मस्कले अहिले तयार गरिँदै गरेको यान भने एक दिन मंगल ग्रहमा मानिस लिएर जाने प्रयोजनका लागि बनाएको दाबी गरेका छन्।

इस्पेसएस्का अनुसार यानमा केही नयाँ अवरधारणा ल्याइएका छन्। यानमा हार्डवेयर, सञ्चार र नेभिगेसन प्रणालीमा सुधार गरिएकाे छ। यसमा धेरै ठूलो इन्जिन प्रयोग गरिएको छ। जसलाई रेप्टर इन्जिन भनिन्छ।

तर स्पेसएक्सले अलिहेसम्म उसले भनेजस्तो सुपर हेबी रकेटको भने परीक्षण गरेको छैन्। तर मस्कले आउँदो एक वर्षमा यस्तो रकेटको परीक्षण गर्ने बताएका छन्। त्यसैले स्पेसएक्सले अहिले 'मोडिफाइड भर्जन' को विमान बनाउन लागेको छ। यसले नासाको मुन प्रोजेक्टलाई पनि सघाउ पुग्ने बताइएको छ।

Laxmi sunrise bank
kumari

कार्यक्रमका लागि उसले केही समयअघि नासासँग सम्झौता गरिसकेको छ। यो सम्झौता सफल भएमा अबको केही वर्षमै २१ औं शताब्दीमा पहिलोपटक मानिस चन्द्रमा पुग्नेछन्। २० औं शताब्दीमा एपोलो कार्यक्रमबाट १२ जना मानिस चन्द्रमाको सतहमा अवतरण गरेका थिए।

प्रकाशित: May 06, 2021| 06:59 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...