सोमबार, असार २९, २०८३

१०३ वर्ष पुरानो चकलेट भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
१०३ वर्ष पुरानो क्याडवरी चकलेट भेटिएको छ । पहिलो विश्वयुद्धको समयमा लाइसेस्टरसायर रेजिमेट सैनिक रिचार्ड बुलमोरले संकलन गरेको चकलेट फेला परेको हो ।
 
उनले संकलन गरेका युद्धका अन्य सामग्रीहरुसँगै क्याडवरी चकलेट पनि फेला परेको हो । युद्ध सुरु भएपछि पहिलो पटक मनाइएको ‘क्रिसमस डे’मा बाँडिएको उपहारमा अन्य गिफ्टसहित चकलेट राखिएको थियो । 

सानो टिनको बट्टामा राखिएको उपहारमा राखिएको १० वटा चकलेटमध्ये एउटा खाएको र अरु जस्ताको तस्तै राखिएको अवस्थामा भेटिएको छ । नोटिगमसायरको म्यान्सफिल्डमा बनेको उक्त ‘गिफ्ट’ फ्रान्समा सेवारत सैनिकहरूलाई दिइएको थियो । 

यो ऐतिहासिक सामान आँउदो मंगलबार ‘एयान्टिक अक्सन’ मा बिक्री हुने भएको छ । यो उपहारसँगै उनलाई ‘प्रिन्सेस म्यारी’ ले ‘सिग्रेट’ तथा ‘टोब्याको’ को बाकस पनि उपहार दिएका थिए । त्यसबाट तीन वटामा ‘सिग्रेट’ भने बेपत्ता भएका छन् । 

उक्त कलेक्सनमा चक्लेट, सिग्रेट, मेडल, साइटेसन, चिठीपत्र र अन्य साम्रगीहरू पनि छन् । जसको मुल्य दुई हजार पाउण्ड छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।