बुधबार, कात्तिक ५, २०८२

टिकटकमा भाइरल ‘थुन्से स्ट्रिट’लाई कोरोनाको असर [भिडियोसहित]

अम्ब्रेला स्ट्रिटकै झल्को दिने गरी वैशाख १ गतेदेखि काठमाडौंको बौद्ध पीपलबोटको तरकारी बजारमा ‘थुन्से स्ट्रिट’ बनाइएको थियो। टिकटक बनाउने र फोटो खिचाउनेहरूका लागि थुन्से स्ट्रिट आकर्षक गन्तव्य बनेको थियो। 
 |  बिहीबार, वैशाख ९, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं- राजधानीका विभिन्न ठाउँमा विभिन्न विशेषतासहितका ‘स्ट्रिट’ (गल्ली) बनाउन थालिएको छ। केही समयअघि न्युरोडको संकटा मन्दिरनजिकै ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको थियो। आकर्षक सजावटका साथ सडकमाथि झुन्ड्याइएका छातामुनि फोटो खिच्ने र टिकटक बनाउनेहरूको भीड हुने गरेको थियो। तर भीड अत्यधिक बढेपछि छाताहरू हटाइएको थियो। 

Kumaribank

अम्ब्रेला स्ट्रिटकै झल्को दिने गरी वैशाख १ गतेदेखि काठमाडौंको बौद्ध पीपलबोटको तरकारी बजारमा ‘थुन्से स्ट्रिट’ बनाइएको थियो। टिकटक बनाउने र फोटो खिचाउनेहरूका लागि थुन्से स्ट्रिट आकर्षक गन्तव्य बनेको थियो। तर यो स्ट्रिटबाट पनि थुन्सेहरू हटाइने भएको छ। 

पीपलबोटमा व्यवसाय गर्दै आएका राजकुमार बस्नेतका अनुसार थुन्चे स्ट्रिट बनाइएपछि व्यावसायिक कारोबार बढेको थियो। तरकारी बजारका १५२ व्यवसायी मिलेर करिब १ लाख ५० हजारमा स्ट्रिट बनाइएको हो। नयाँ वर्षसँगै सर्वसाधारणका लागि खुल्ला गरिएको थुन्चे स्ट्रिटमा फोटो खिच्ने र सेल्फी लिनेको भीड लाग्ने गरेको थियो। 

पीपलबोटमा नै व्यवसाय गर्दै आएकी संगीता कार्की पनि वैशाख १ गतेदेखि व्यवसाय फस्टाएको बताउँछिन्। यो अवधिमा करिब १ लाख जना थुन्चे स्ट्रिट पुगिसकेको अनुमान गरिएको छ। 

‘थुन्से स्ट्रिटका कारण भीडभाड बढेको छ। कहिलेकाहीँ त थाम्नै नसकिएला जस्तो हुन्छ। व्यवस्थापन गर्नै मुस्किल छ। टिकटक बनाउनेहरूको भीडले हिँडिसाध्य भएन,’ कार्कीको भनाइ छ। 
 
भीडभाड बढ्दै गएको र कोरोना संक्रमणको रोकथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्न भीडभाड कम गर्नुपर्ने भएकाले थुन्सेहरू झिक्नुपर्ने अवस्था आएको व्यवसायीहरूको भनाइ छ। 

Metro Mart

‘स्वास्थ्य मापदण्ड पालना नगर्ने र मुखमा मास्कसमेत नलगाई मानिसहरू आउन थालेपछि स्ट्रिटका थुन्सेहरू हटाउन थालिएको छ। कोरोना संक्रमण बढेकोले भीड कम गर्ने उद्देश्यले स्ट्रिट हटाउनु राम्रो भएको स्थानीयको भनाइ छ।

तस्बिरहरू

प्रकाशित: Apr 22, 2021| 00:32 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।