मंगलबार, असार ३०, २०८३

आठ किलो प्लास्टिक खाएको ह्वेलको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- जमिनमा मात्र होइन पानीमा पनि प्लास्टिकका कारण जीवनजन्तु समस्यामा पर्ने गरेका छन् । जमिनमा वातावरण प्रदूषणको प्रमुख कारण प्लास्टिक जन्य पदार्थ नै हुन् । पानी अर्थात समुन्द्र पनि प्लास्टिककै कारण प्रदूषित बन्दै गएको छ । 

प्लास्टिककै कारण सामुन्द्री जीवजन्तु पनि मर्न थालेका छन् । थाइल्यान्डमा समुन्द्रमा फालिएको प्लास्टिक खाएको एउटा ह्वेल माछा मरेको छ । मलेसियाको सीमाना नजिक भेटिएको ह्वेलले ८० वटा प्लास्टिकको झोला खाएको थियो । जसको तौल आठ केजी छ । 

गम्भीर विरामी भएको अवस्थामा भेटिएको ह्वेललाई उपचारको प्रयास गरिएपनि बचाउन नसकिएको पशुचिकित्सकहरुले बताएका छन् । 

सामुन्द्री जीवशास्त्री 'थोङ थामरोङनवासवाट' का अनुसार प्लास्टिक खाएका जीवले अन्य पौष्टिक खानेकुरा खान नसक्ने भएकाले ज्यान गुमाउने गर्दछन् । बिरामी भएको ह्वेलले पाँच वटा प्लास्टिकका झोला वान्ता गरेको थियो । 

विश्वमा थाइल्यान्ड एक सबैभन्दा वढि प्लास्टिकको झोला प्रयोग गर्ने देशको रुपमा चिनिन्छ । प्लास्टिक झोला कै कारण समुन्द्रमा प्रत्येक वर्ष कयौँ जीवहरु मर्ने गर्छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।