बिहीबार, वैशाख १३, २०८१

नासाले उडायो मंगल ग्रहमा हेलिकोप्टर

अमेरिकी अन्तरीक्ष केन्द्र नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

एजेन्सी- अमेरिकी अन्तरीक्ष केन्द्र नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ।

triton college

‘प्रतिभा’ नाम दिइएको मानवरहित हेलिकोप्टर मंगल ग्रहमा उडाउन सफल भएपछि नासाको मुख्यालयमा खुसीयाली मनाइएको थियो। हेलिकोप्टर मंगल ग्रहमा एक मिनेटभन्दा कम समय उडेको थियो। एउटा ग्रहबाट अर्को ग्रहमा उडाउन सफल भएको यो पहिलो ‘एयरक्राफ्ट’ हो।

मंगल ग्रहमा हेलिकोप्टर उडाउन सफल भएको यो तथ्य पृथ्वीमा एउटा उपग्रहले पठाएको थियो।
नासाले यो प्रोजेक्ट सफल भएसँगै मंगल ग्रहमा अन्य एयरक्राफ्टको पनि उडान परीक्षण गर्ने योजना बनाइसकेको छ।
‘प्रतिभा’ नाम दिइएको हेलिकोप्टरले सफल उडान गरेपछि नासाका इन्जिनियरले अब यो हेलिकोप्टरलाई अझै लामो समयको उडानका लागि प्रयोग गर्नेछन्।

नासाको पासाडेनास्थित हेलिकोप्टर प्रयोगशालाका परियोजना प्रमुख मिमि आङले भनेका छन्, ‘हाम अब यो भन्न सक्छौँ कि हामीले एउटा ग्रहबाट अर्को ग्रहमा एयरक्राफ्टको उडान भर्न सफल भएका छौँ।

नासाले मंगलग्रहमा पठाएको प्रिजर्भेन्स रोवरमा यो हेलिकोप्टर पठाएको थियो। मंगलग्रहमा पानी र जीवनको अस्तित्व तथा सम्भावनाबारे अध्ययनका लागि नासाले प्रिजर्भेन्स रोवर मंगल ग्रहमा पठाएको हो।

corrent noodles
Metro Mart

Selfie of helicopter and rover

प्रकाशित: Apr 19, 2021| 12:08 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...