सोमबार, असार २९, २०८३

तेस्रो तला बनाउँदा कोल्टे परेको घर आठौ तला बनाउँदा भूकम्प प्रतिरोधी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
'लिनिङ्ग टावर अफ पिसा' विश्व प्रसिद्ध छ । तेस्रो तला बनाउँदै ढल्केको यो भवन अहिले आठ तलाको छ । जसले चार ठूला भूकम्पको सामना गरी भूकम्प प्रतिरोधी भवनको परिचय बनाउन सफल भएको छ ।
 
तेस्रो तलामै कोल्टिएको यो भवनलाई सिधा बनाउन कोल्टिएको विपरीत भागमा बढी वजन राखिएपनि अझै बढी ढल्क्यो । पछि व्यवस्थापन गरेर बनाइएको भवन आठौं तलासम्म पुग्यो । कसले निर्माण सुरु गर्‍यो भन्ने नखुलेपनि यो भवनको पर्वतक 'बोनानो पिसानो' र 'गुग्लियाल्मो' हुन् ।

कसरी भूकम्प प्रतिरोधी ? 

टावरले ठूला चार भूकम्प थेगेको छ । कोल्टिएको भवनमा भूकम्पले कुनै क्षति पुर्‍याएको छैन । निर्माण भुकम्प प्रतिरोधी नभएपनि माटोको प्रकृतिका कारण भूकम्पले असर गर्न सकेको छैन । 'डाइनामिक सोइल स्ट्रक्चर इन्टरएयाक्सन' प्रकृतिको माटो रहेकाले यो भवन कोल्टे परेको तथा भूकम्प प्रतिरोधी रहेको जानकारहरु बताउँछन् । 

के हो 'डाइनामिक सोइल स्ट्रक्चर इन्टरएयाक्सन' ?

सामान्य अवस्थामा भवन तथा त्यसमा भएका व्यक्तिहरूको वजनलाई जमिनले माटोमा सार्छ । भुकम्पमा भने जमिनको हलचल भवनमा सर्छ  र भवनहरू ढल्ने गर्छन् । 

तर, 'डाइनामिक सोइल स्ट्रक्चर इन्टरएयाक्सन' अनुसार भुकम्प जाँदा भवन पनि सोही अनुरूप सतह र भवन एक अर्कालाई प्रभाव पार्ने गरी कम्पन हुन्छन् जसबाट दुवैको कम्पनले एक अर्कोलाई सन्तुलनमा राख्छ । यस कारण पनि अहिलेसम्म पनि उक्त टावर ढल्के पनि ढलेको छैन ।  

'जीओ टेक्निक्स र सोइल स्ट्रक्चर इन्टरएयाक्सनका' प्रोफेसर माइलीनोकसका अनुसार माटोको सोही कारण नै अहिलेसम्म टावर ढलेको छैन ।   

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।