शनिबार, वैशाख १५, २०८१

साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ।

triton college

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिना (गत साउनलेखि माघ मसान्तसम्म) तथ्यांकअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

प्राधिकरणको तथ्यांकअनुसार गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन्। पुस महिनामा कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ।

कूल जनसंख्यामध्ये ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ। प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ। एक करोड १३ लाख बढीको  पहुँचमा थ्रीजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको जनाइएको छ।

corrent noodles
Metro Mart

त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र ई–भिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ रहेका छन्।
प्राधिकरणको तथ्यांकअनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलको रहेका छन्।

माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन्। नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमको दुई लाख २२ हजार रहेका छन्।

यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ। यसमा एडीएसएलका आठ लाख ३७ हजार र एफटीटीएच इन्टरनेट ५७ लाख ६८ हजारभन्दा बढी छन्। रासस

प्रकाशित: Apr 02, 2021| 14:55 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...