बुधबार, वैशाख २६, २०८१

पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम 

पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन पोखरा  पर्यटन  परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

पोखरा- पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन पोखरा  पर्यटन  परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ। 

triton college

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा सम्पन्न तालिममा बोर्डका प्रमुख काशिराज भण्डारीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। 

पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिनुपर्नेमा उनले जोड दिए। प्रतिस्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने जनाउँदै भण्डारीले प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिन व्यवसायीलाई आग्रह गरे। 

प्रविधिले आमनसामने भएर गरिने कति कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पुर्याउने उनले बताए। 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले सहभागीको उल्लेख्य सहभागिताले व्यवसायप्रति व्यवसायी चिन्तित देखिएको बताए। उनले पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नवीनतम् सोचको खाँचो समेत औँल्याए। 

corrent noodles
Metro Mart

परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाएर  गुणस्तरीय सेवा प्रदान गर्न तालिम सञ्चालन गरेको बताए। उनले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गरे। 

सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थान बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धनका लागि सैद्धान्तिक व्यहारिक ज्ञान हासिल गर्न सफल भएको बताइन्। 

तालिमका प्रशिक्षक पारस देवकोटा सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासा सहित सहभागीता जनाएको बताए। उनले फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको भनाइ राखे। 

देवकोटासँगै तालिममा उज्ज्वल पौडेल, सुमिरन केसी, प्रतीकमणि पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएका थिए। 

संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब १०० जना पर्यटन व्यवसायीहरुको तालिममा सहभागिता रहेको जानकारी दिए।

प्रकाशित: Mar 25, 2021| 14:28 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...