प्रविधिको विकासक्रमसँगै मानिसले कल्पनै नगरेका कुरा पनि सम्भव हुन थालेका छन् । यसको उदाहरण हो गर्भवती महिलाले आफ्नो पेटमा रहेको बच्चासँग साक्षात्कार गर्न पाउने व्यवस्था ।
झट्ट सुन्दा हावादारी गफ जस्तो लाग्ने यो विषय बेलायतको ल्यांकशायरस्थित बेबी बू नामक कम्पनीले सत्य सावित गराएको हो । थ्री डी टेक्नोलोजीको प्रयोगबाट यसलाई सम्भव देखाइएको छ । यो कम्पनीले गर्भवती महिलाको पेटको स्क्यान गरेर बच्चाको थ्री डी तस्वीर पिन्ट गर्छ अनि आमा बुवाको हातमा हालिदिन्छ ।
आफ्नो पेटको बच्चाकै स्वरुपमा थ्री डी प्रिन्ट प्राप्त हुने भएकाले पेटमा रहेको बच्चालाई आफूले
बोकेको अनुभुति हुनेवाला आमाले गर्न सक्छिन् ।
यो प्रविधिद्धारा महिलाले आफ्नो पेटमा रहेको बच्चाको दैनिक वृद्धिविकाश समेत अवलोकन गर्न सक्छन्, त्यो पनि थ्री डी भर्सनमै । यो सेवाको डेढसय पाउण्ड शुल्क तिर्नुपर्ने बताइएको छ । यसले गर्भवती आमा र शिशुको स्वास्थ्यमा आउने समस्याको समयमै निराकरण गरी गर्भ खेरजाने लगायतका जोखिम घटाउने विश्वास गरिएको छ ।