आइतबार, असार २८, २०८३

साङ्लाको जुस ! तपाईंलाई कस्तो लाग्छ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हाम्रो घर किचनमा प्राय भेटिने साङ्लो केटाकेटीलाई डर देखाउन प्रयोग गरिन्छ । फोहोर हुने ठाउँमा पाइने भनेर दिङदिङ मान्ने गरिन्छ । तर, छिमेकी राष्ट्र चीनले भने साङ्लाको व्यवसायिक उत्पादन गरी आयआर्जनको स्रोत बनाएको छ । त्यो पनि पेय पदार्थ जुस बनाउनका लागि । 

चीनको शिचांग शहरमा एक औषधि उत्पादक कम्पनीले प्रत्यक वर्ष पाँच सय करोड साङ्ला उत्पादन गर्ने गरेको छ । त्यसका लागि यसले साङ्ला पालन नै गर्ने गरेको छ । शिचांग शहरको एउटा ठूलो क्षेत्रफलमा भवन निर्माण गरी साङ्ला पाल्ने गरिएको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।
 
दराजको पातलो घर्रा बनाएर साङ्ला पालन गरिएको छ । जहाँ साङ्लाको खाना र पानीको पनि व्यवस्था गरिएको छ । अध्याँरो र गर्मी वातावरण मिलाएर साङ्ला राखिएको छ । यो ठाउँमा साङ्लाको प्रजननका लागी पनि उचित व्यवस्था मिलाइएको छ । साङ्लाको वृद्धिविकासलाई ध्यानमा राख्दै उनीहरुलाई घामको किरणबाट टाढा राखिएको छ । 

आर्टिफिशियल इन्टीलिजेन्स सिस्टमबाट साङ्ला पालन गरिएका साङ्लाको तापमान, खानपिनको व्यवस्था गरिएको छ । जसले धेरै साङ्ला उत्पादन गर्न सहयोग पुर्‍याउँछ । 

साङ्ला पिँधेर जुस बनाइन्छ 

केही एशियाली देशहरुमा साङ्लालाई तेलमा तारेर खाने गरिएको पनि पाइन्छ । तर, चीनमा व्यवसायिक रुपमा उत्पादन गरिएका साङ्लालाई बयस्क बनाएपछि एकै ठाउँमा भेला पारेर पिसिन्छ । र, पेय पदार्थ जुस तयार पारिन्छ । यो जुसलाई परम्परागत औषधिका रुपमा बिक्री गर्ने गरिएको छ । 

यो जुसले पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धि रोग, वान्ता रोक्न प्रयोग गरिने चिनियाँ चिकित्सकहरुको दाबी छ । वृद्धवृद्धाको स्वास्थ्यलाई मजबुद बनाउन साङ्लाको जुस प्रभावकारी भएकाले पनि यसको लोकप्रियता दिनप्रतिदिन बढ्दैछ । 

पालिएका साङ्ला खुल्ला ठाउँमा आए खतरा

व्यवसायिक प्रयोजनका लागि पालिने साङ्ला खुल्ला ठाउँमा आए मानिस स्वास्थ्यका लागि घातक हुने विज्ञहरु बताउँछन् । चीनमा औषधीका लागी साङ्लाको पालन गर्ने काम सरकारी योजना रहेको र यसले मानिसको स्वास्थ्यका लागि धेरै प्रभावकारी काम गर्छ भन्ने प्रचार गलत रहेको उनीहरुको धारणा छ । 

बन्द ठाँउमा ठूलो परिमाणमा साङ्ला पाल्नु र साङ्लाको पैदावार वढाउनु खतरनाक हुने भन्दै चिनियाँ एकेडेमी अफ साइन्सका प्राध्यापक झू केयोडाँन्गले कारणवस थुनिएका सांङ्ला बाहिर निस्के त्यसले ठूलो विनास निम्त्याउने चुनौती रहेको बताए । 

बीबीसीको सहयोगमा 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।