आइतबार, मंसिर २८, २०८२

नयाँ प्रविधिः टाइप गर्न किबोर्ड थिच्नै नपर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
के तपाईहरू स्क्रिन वा किबोर्डमा टाइप गर्दा वाक्क दिक्क हुनु भएको छ ? तपाईंलाई किबोर्ड  तथा मोबाइलमा हुने स्क्रिन 'टच' चलाउन दिक्क लाग्छ ?  मानवका अभिन्न मित्र बनेका यी प्रविधिले तपाईंलाई हैरान बनाएका बेला यसको विकल्प आएको छ । तपाईं अब टाइप गर्नुपर्ने झन्झटबाट मुक्त हुनुहुने छ । 

यो सेवा लिएर आएको छ, 'ह्वाइल ट्याप सिस्टम' कम्पनीले । यो कम्पनीले ल्याएको उपकरण हो 'ट्याप स्ट्रर्‍याप' । जसको प्रयोगले अक्षर लेख्न तपाईंका औंला दौडाउनु पर्ने छैन् । 

यस उपकरण मार्फत 'टाइप' केवल 'ट्याप'बाट नै आफ्ना भावना अभिव्यक्ति गर्न सकिनेछ । 'ब्लु टुथ कनेक्टिभिटी'को सहयतामा चल्ने यस उपकरण औंलामा लगाए पछि खुट्टा, जमिन स्वयमं हातका पाखुरा, टेबल जस्ता जुनै प्रकारको सतहमा 'ट्याप' गर्न मिल्ने छ । 

'ह्वाइल ट्याप स्सिटम ' कम्पनीले यसको उपकरणको 'मेकानिजम' अहिले सम्म बाहिर उल्लेख गरेको छैन । तर, 'बुमबर्ग' एक अमेरिकी निजी प्राविधिक सफ्र्टवेर सम्बन्धी मिडियाको रिपोर्ट अनुसार हरेक औलाको 'ट्याप' मा  विभिन्न प्रकारका स्वर तथा व्यन्जन वर्णहरूको साथसाथै अन्य 'कोडिङ' अक्षरहरूका व्यवस्था गरिएको छ । 

करिब '३१ वटा कोडिङ्ग' औलाको 'ट्याप'द्धारा लेख्न सकिनेछ । यस प्रविधिले ९९ प्रतिशतको लेखाइमा शुद्धता हुने कम्पनीको दाबी  छ । 'भ्वाइस' तथा 'पर्सनल गेस्चर' हरू अभिव्यक्त गर्दा वरपरको वातावरणको हेक्का राख्नु पर्ने हुन्छ । यस समस्याको समाधानको रूपमा आइएको छः 'ट्याप स्ट्रर्‍याप' । हामी धेरैले अनुमान गरेको 'लेजर–प्रोजेक्टेडे भिर्चुअल किबोर्ड' भन्दा पृथक रहेको यस उपकरणबाट लेख्न सजिलो हुने भएको छ । 

यस उपकरणको 'कम्प्याटिबलीटी' , 'एयान्ड्रोइड स्मार्ट फोन', 'स्मार्ट टि.भी', 'विन्डोज', 'म्याक ओ एस एयाक्स' , 'प्लस एयान्रोइड' र 'आई ओ एस'  तथा अन्य उपकरणसँग पनि सजिलै प्रयोगमा आउन सक्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...