आइतबार, असार २८, २०८३

१३ सय वर्ष पुरानो रुखबाट क्यान्सरको उपचार गर्न सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चीनको हुनान प्रान्तमा एउटा अनौठो रुख फेला परेको छ । जुन क्यान्सरको उपचारमा उपयोग गर्न सकिन्छ । यो रुख १३ सय वर्ष पूरानो हो । त्यसको ट्याक्सोल अर्थात् बोक्राबाट निस्कने खोँटोजस्तो पदार्थलाई विभिन्न खालका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकका अनुसार यो सदावहार प्रजातिको रुख हो । ट्याक्सस चाइनेन्सिस नामक यो रुख शुनहुआंगशन राष्ट्रिय निकुन्जमा पाइएको छ । यो रुखको लम्बाइ ३५ मिटर तथा काण्डको गोलाई २ दशमलव २ मिटर छ । यो मुख्य रुखको आसपासमा अरु २ वटा यहीँ प्रजातिका साना रुख पनि छन् ।

सिन्ह्वाका अनुसार यी तिनवटा रुखलाई स्थानीय ग्रामीण समुदायलाई निकै राम्रोसँग संरक्षण गरेर राखेका छन् । यो प्रजाति लोपोन्मुख प्रजाति हो । २५ लाख वर्षदेखि यो प्रजाति अस्तित्वमा छ ।

यो रुखको खोँटोको उपयोग क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ । जसका कारण खोटो प्राप्त गर्न ठूलो संख्यामा रुखको कटाइ भएसँगै यो प्रजातिको वनस्पती लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।