आइतबार, असार २८, २०८३

डरलाग्दो सैलुन: कपाल काट्न आगो र तरबार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दुनियामा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाँपनि कपाल कैँचीले नै काटिन्छ । तर दुनियामा एउटा यस्तो सैलुन पनि छ जहाँ कैँचीले होइन, आगो र तरबारले कपाल काटिन्छ ।

स्पेनमा यस्तो डरलाग्दो सैलुन छ । हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले संचालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ ।

तरबार र आगोसँगै स साना कैँची पनि प्रयोग गर्छन् उनी । ब्लो टर्चको प्रयोग ग्राहकको रुची अनुसार गरिन्छ । अर्थात् कपालमा आगो लगाउने नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ ।

अल्बर्टोले कपालको मामिलामा सधै नयाँ नयाँ प्रयोग गर्ने गरेका छन् । उनले पूरानो स्टाइललाई सधै अपनाउँदैनन् र नयाँ नयाँ स्टाइलमा कपाल काटिदिन्छन् ।

उनी आफ्नोमा आउने ग्राहकसँग पहिले कुराकानी गर्छन् । कुराकानीबाटै थाहा पाउँछन् की ऊ कस्तो व्यक्तित्व भएको मानिस छ । अनि सोही आधारमा उक्त ग्राहकको हेयर स्टाइल छनोट गर्छन् र कपाल काटिदिन्छन् । अहिलेसम्म आफुले कैयौँ मानिसलाई नयाँ हेयर स्टाइल दिएको दाबी उनको छ । त्यसैले होला उनको सैलुनमा ग्राहकको संख्या दिन प्रतिदिन बढ्दैछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।