शनिबार, चैत ७, २०८२

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न रोक

फेसकुबले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न रोक लगाएको छ।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– फेसकुबले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न रोक लगाएको छ।

National life

त्यहाँका फेसबुक प्रयोगकर्ताले फेसबुकमा समाचार सामग्री पढ्न पनि पाउने छैनन्। आज (बिहीबार) बिहानैदेखि अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार सामग्रीमा पहुँच पाएका छैनन्।

फेसबुकमा अस्ट्रेलियाको ठेगाना राखेका तर देशबाहिर रहेका प्रयोगकर्ताले पनि फेसबुकमा समाचार सामग्री हेर्न पाएका छन्। 

यहाँसम्म कि सरकारको स्वास्थ्य तथा आपतकालीन फेसबुक पेज पनि बन्द भएको थियो। उक्त पेजलाई भने फेसबुकले पछि खोलिदिएको छ। 

अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ। समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानुनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो।

Laxmi sunrise bank
kumari

अस्ट्रेलियाको कानुनअनुसार फेसबुक, गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ।

– बीबीसी
 

प्रकाशित: Feb 18, 2021| 05:47 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...