बिहीबार, वैशाख १३, २०८१

‘आइकनफेस’ एपको दोस्रो भर्सन सार्वजनिक

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ।
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ।

triton college

विशेषत कोरोना महामारीका कारण घरमै बसिरहेका व्यक्तिहरुलाई लक्षित गर्दै उनीहरुले यो एपको सुरुवात गरेका हुन्।

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले एपको विकास गरेको हो। सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार परिमार्जित भर्सनमा आएको यो एपमार्फत मानिसहरुले आफ्ना गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन्।

यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नाम, पोस्ट र च्याटलाई गोप्य राख्न सक्ने सुविधा छ। ‘घरमा बसिरहँदा भइरहने तनावलाई हटाउनका लागि हामीले यो एपको विकास गरेका हौं,’ विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन्। उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन्।’

विवेकले इन्स्टाग्राममा जस्तै गरी यो एपमा प्रयोगकर्तालाई फलो गर्न सकिने बताए। ‘एपमा पब्लिक पोस्ट, सेक्रेट पोस्ट, विज्ञापन गर्न सक्नेलगायतका सुविधाहरु दिइएको छ’, उनले भने, ‘यसबाहेक तपाईंले कुरा गर्न चाहेका र मन मिल्ने शीर्ष साथीहरुको समूह बनाएर पनि कुराकानी गर्न सक्नुहुनेछ। यसमा व्यक्तिको नाम, उमेरलाई लुकाउने सुविधा पनि छ।’ 

corrent noodles
Metro Mart

प्रयोगकर्ताले प्लेस्टोरमा यहाँबाट र आइफोनमा यहाँबाट यो एप्स प्रयोग गर्न सक्छन्। सोलुसनको नेपालमा पनि शाखा रहेको छ।
 

प्रकाशित: Jan 27, 2021| 10:31 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...