आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • हामी सरकारको नेतृत्व गर्न सक्षम छौं : केदार कार्की (अन्तर्वार्ता)

हामी सरकारको नेतृत्व गर्न सक्षम छौं : केदार कार्की (अन्तर्वार्ता)

हामी सहकार्यभन्दा पनि नेतृत्वका लागि सक्षम छौं। सरकारको नेतृत्वमा हाम्रो दाबी छ। नेकपा कानुनी रुपमा विभाजित नहुँदा पनि हामीलाई समस्या भएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

प्रदेश १ को सातौं अधिवेशन बुधबार सुरु हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित छ। 

triton college

केन्द्रमा दुई समूहमा विभाजित नेकपाले प्रदेश १ मा पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

अविश्वासको प्रस्ताव दर्तापछि सुरु हुन लागेको संसद् बैठक कसरी अघि बढ्छ भन्ने चासो सबैलाई छ। यस्तो अवस्थामा नेकपाको दुवै समूहलाई प्रतिपक्षी कांग्रेसको साथ महत्त्वपूर्ण छ। यिनै विषयमा प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीसँग नेपाल समयका लागि नेत्र पी अधिकारीले गरेको संक्षिप्त कुराकानी : 

संसद्मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। यस्तो अवस्थामा कांग्रेसको भूमिका कस्तो रहन्छ?

संसद् अधिवेशन नियमित प्रक्रियाअनुसार सुरु हुँदै छ। संसद् बैठकको कार्यसूची प्राप्त नभइसकेकाले हाम्रो भूमिका कस्तो रहने भनेर अहिल्यै भन्ने अवस्था छैन। बैठकमा हाम्रो भूमिका सामान्य नै रहनेछ।

corrent noodles
Metro Mart

अविश्वास प्रस्तावमा मतदान गर्नुपर्ने अवस्था आए के गर्नुहुन्छ?

संसद्मा अविश्वासको प्रस्ताव टेबुल भएकै छैन। टेबुल भएपछि हामीले के गर्ने भन्ने कुरा आउँछ। सरकारको नेतृत्व गरेको नेकपा नै दुई समूहमा विभाजित छ। एकअर्काले दलको नेतालाई कारबाही गरेको अवस्था छ। उहाँहरु नै संसद्मा आउने नआउने टुंगो छैन।

त्यसैले गर्दा हामीले आत्तिएर निर्णय गर्ने कुरा भएन। सुझबुझ ढंगले निर्णय गर्छौं। अविश्वास प्रस्तावलाई गम्भीरताका साथ लिएका छौं। हामी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने छैनौं। मुख्यमन्त्रीविरुद्ध त हामीले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हो। नेकपाले नै ल्याएकाले हामीलाई सकारात्मक प्रभाव पारेको छ। अन्य राजनीतिक सहमति नहुँदासम्म हामी तटस्थ बस्ने कुरा आउँदैन। 

प्रदेश सरकारमा सहभागिताबारे केन्द्रको निर्णय पर्खिरहनुभएको हो?

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राजनीतिक विषय हो। यो विषय राष्ट्रिय राजनीतिसँग जोडिएको छ। त्यसैले हामी एक्लैले निर्णय गर्ने कुरा हुँदैन। केन्द्रसँग समन्वय गर्नैपर्छ। तर हाम्रा लागि केन्द्रले निर्णय गर्नु पर्दैन। हामी केन्द्रसँग समन्वय गरेर मात्र निर्णय गर्नेछौं। 

कहिलेसम्म निर्णयमा पुग्नुहुन्छ त?

हामी चाँडै निष्कर्षमा पुग्छौं। हामी नियमित संवादमा छौं। संसदीय दल, पार्टी नेतृत्वसँग पनि छलफलमा छौं। संसद्मा अविश्वासको प्रस्ताव टेबुल हुनासाथ हामी निर्णय गर्छौं। बाहिर ढोल पिटाएर निर्णय गर्ने कुरा आएन।  

सत्ताको नेतृत्व लिने विषयमा के छ तयारी?

हामी नेकपाका दुवै समूहसँग छलफलमा छौं। कसलाई समर्थन गर्ने वा हामी आफैं नेतृत्व गर्नेबारे पनि कुराकानी भइरहेको छ। हामी सहकार्यभन्दा पनि नेतृत्वका लागि सक्षम छौं। सरकारको नेतृत्वमा हाम्रो दाबी छ। नेकपा कानुनी रुपमा विभाजित नहुँदा पनि हामीलाई समस्या भएको छ।

प्रकाशित: Jan 20, 2021| 05:47 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...