बिहीबार, माघ १, २०८२

‘गेम अफ थ्रोन्स’ मा गेम बनाउने डेभलपर लिनको निधन

चिनियाँ ‘गेम टाइकुन’ लिन ची को निधन भएको छ। क्रिसमसका दिन उनलाई कसैले खाना विष मिलाइदिएपछि निधन भएको चीनको शांघाई प्रहरीले पुष्टि गरेको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

एजेन्सी- चिनियाँ ‘गेम टाइकुन’ लिन ची को निधन भएको छ। क्रिसमसका दिन उनलाई कसैले खाना विष मिलाइदिएपछि निधन भएको चीनको शांघाई प्रहरीले पुष्टि गरेको छ।

National life

३९ वर्षीय लिन ची, यूजू नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी थिए।

उनले गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्रेटिजी गेम बनाएका थियो। उक्त गेम अनलाइन गेमका पारखीहरुमाझ लोकप्रिय छ।

शांघाई प्रहरीले एक वक्तव्य जारी गर्दै लिनका प्रमुख सहयोगीले नै खानामा विष दिएको बताएको छ।

तर प्रहरीले ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन। लिनले गेम निर्माणबाट ठूलो कमाई गरेका छन्।

Laxmi sunrise bank
kumari

हुरुन चाइन रिच लिस्टका अनुसार लिनको कुल सम्पत्ति ६.८ अर्ब युआन अर्थात् एक अर्ब डलर छ।

शांघाई प्रहरीका अनुसार लिनको कम्पनीका कयौँ कर्मचारी तथा पूर्व कर्मचारी शुक्रबार लिनप्रति शोक प्रकट गर्न उनको निवास बाहिर उपस्थित भएका थिए।

कम्पनीले आफ्नो आधिकारिक विबो माइक्रोब्लकमा एक भावुक बयान जारी गरेको छ।

भनिएको छ, ‘अलबिदा युवा हामी एकै साथ रहने छौँ, दयालु बनिरहने छौँ, सत्यमाथि विश्वास गरिरहने छौँ, जुन असत्य हो त्योविरुद्धको लडाईँ जारी राख्ने छौँ।’

Game of Thrones Winter is Coming Videos and Highlights - Twitch

प्रकाशित: Dec 28, 2020| 09:10 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...