मंगलबार, कात्तिक ४, २०८२

‘एमआई ११’ आजबाट बजारमा

चीनको स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘एमआई ११’ आज ग्लोबल लञ्च गर्दैछ।  
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

काठमाडौं- चीनको स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘एमआई ११’ आज ग्लोबल लञ्च गर्दैछ।  

Kumaribank

यस सिरिजको स्मार्टफोनमा पावरफुल स्न्यापड्रागन ८८८ प्रोसेसर दिइने छ।  

यसका साथै प्रयोगकर्ताले यो सिरिजको डिभाइसमा उत्कृष्ट क्यामरा र एचडी प्लस डिस्प्ले पाउने छन्।

साओमीका अनुसार यो सिरिजको लञ्च इभेन्ट चीनमा साँझ साढे ७ बजे हुनेछ। अर्थात् नेपाली समयअनुसार सवा ५ बजे हुनेछ। 

यो कम्पनीको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमा प्रत्यक्ष देखाइने छ।

Metro Mart

मिडिया रिपोर्टका अनुसार एमआई ११ स्मार्टफोनमा ६.७ इन्चको एमोलेड डिस्प्ले हुनेछ। साथै उत्कृष्ट पर्फमेन्सका लागि स्न्यापड्रागन ८८८ प्रोसेसर र १२ जीबी एलपीडीडीआर५ र्‍याम राखिएको छ। 

यस डिभाइसमा एमआईयूआई १२.५ आउट अफ दी बक्स अपरेटिङ सिस्टम पनि रहने बताइएको छ। 

यसबाहेकका अन्य जानकारी भने सार्वजनिक भएको छैन।
 

प्रकाशित: Dec 28, 2020| 06:22 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...