मंगलबार, कात्तिक ४, २०८२

युट्युबबाट सबैभन्दा धेरै कमाई गर्ने ९ वर्षीय रेयान काजी

फाेर्ब्स पत्रिकाका अनुसार ९ वर्षका रेयान काजी यो वर्ष सबैभन्दा धेरै कमाउने युट्युबर बनेका छन्। उनी सन् २०२० को सबैभन्दा धेरै कमाई गर्ने कन्टेन्ट क्रिएटर बनेको फोब्र्सले जनाएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

एजेन्सी- फाेर्ब्स पत्रिकाका अनुसार ९ वर्षका रेयान काजी यो वर्ष सबैभन्दा धेरै कमाउने युट्युबर बनेका छन्। उनी सन् २०२० को सबैभन्दा धेरै कमाई गर्ने कन्टेन्ट क्रिएटर बनेको फोब्र्सले जनाएको छ।

Kumaribank

उनको यो वर्षको कमाई २९.५ मिलियन डलर छ।

रेयानले ‘रेयान्स वल्र्ड’ नामक युट्युब च्यानल चलाउँदै आएका छन्। उनको खास नाम भने रेयान गुआन हो उनको जन्म अमेरिकाको टेक्ससमा भएको हो। उनले सन् २०१५ बाट युट्युब भिडियो बनाउन सुरु गरेका हुन्।

त्यतिबेला उनी जम्मा ४ वर्षका थिए। रेयानले आफ्नो युट्युब च्यानलमा साइन्ससँग जोडिएका विभिन्न एक्सपेरिमेन्टहरु गर्दै आएका छन्।

साथै बजारमा आउने नयाँ खेलौनाहरुको पनि रिभ्यु गर्दै आएका छन्। उनले आफ्ना दर्शकहरुका लागि मनोरञ्जनका लागि विभिन्न क्रियाकलाप गर्दै आएका छन्।

Metro Mart

रयानका लागि उनका मातापिताले बनाइदिएको युट्युब च्यानल अहिले ५ वर्षको भएको छ। जसमा २७.७ मिलियनभन्दा बढी सब्सक्राइबर रहेका छन्।

हाल कक्षा ३ मा पढ्दै आएका रेयान आफ्ना बुवाआमासँग युट्युबका कन्टेन्टरु बनाउँदै आएका छन्।
उनका कयौँ भिडियोहरु एक अर्बभन्दा धेरै पटक हेरिएको छ।

प्रकाशित: Dec 24, 2020| 10:34 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...