काठमाडौं। तपाईं इन्टरनेट प्रयोगका लागि कुन ब्राउजर प्रयोग गर्नुहुन्छ ? गुगल क्रोम वा माइक्रोसफ्ट एज ?
यस्ता प्लेटफर्ममा अचेल केही यस्ता एक्सटेन्सन हुने गरेका छन्, जसकारण ह्याकिङको सम्भावना रहन्छ।
सेक्युरिटी रिसर्च एभास्टले खतरनाक ह्याकिङको कारण बन्न सक्ने २८ वटा एक्सटेन्सन पत्ता लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
३० लाख प्रयोगकर्ता ह्याकिङको शिकार
एड-अन एक्सटेन्सको सहयोगले फेसबुक, इन्स्टाग्राम, भिमियो प्लेटफर्मबाट फोटो, भिडियोजस्ता सामग्री डाउनलोड गर्न सक्ने सुविधा हुन्छ, जुन थर्ड पार्टी एक्सटेन्सन हुन्छ।
यही थर्ड पार्टी एक्सटेन्सनको सहयोगबाट प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी चोरी गर्ने गरिएको छ। एभास्टको प्रतिवेदनलाई आधार मान्ने हो भने गुगल क्रोम, माइक्रोसफ्ट एजको एक्सटेन्सनका कारण विश्वका ३० लाख भन्दा धेरै प्रयोगकर्ता ह्याकिङकाे शिकार भइसकेका छन्।
प्रयोगकर्ताको गतिविधिमा नजर
केही थर्ड पार्टी एक्सटेन्सको सहयोगले गुगल क्रोम र माइक्रोसफ्टका प्रयोगकर्ताको हरेक गतिविधिमा नजर राख्ने गरिएको एभास्टले जनाएको छ। जस्तो कि प्रयोगकर्ता कुन वेबसाइट हेरिरहेको छ वा कुन लिंक खोलिरहेको छ।
त्यस्तै प्रयोगकर्ताको व्यक्तिगत जानकारी जस्तै जन्मदिन, इमेल आईडी, डिभाइसको जानकारी चोरी हुने गरेको छ। ह्याकरहरूले यस्ता एक्सटेन्सनको सहयोगले यूआरएल हाइज्याक गर्ने गर्छन्।
थर्ड पार्टी एक्सटेन्सनको मद्दतले प्रयोगकर्तालाई गलत वेबसाइटमा सिफ्ट गर्ने गरिन्छ।
उदाहरणका लागि प्रयोगकर्ता कुनै कलेजको वेबसाइट सर्च गरिरहेको छ भने उसलाई डेटिङ प्लेटफर्ममा पुर्याइन्छ। यसका लागि ह्याकरलाई पैसा दिने गरिएको भारतीय सञ्चारमाध्यम जागरणले लेखेकाे छ।
यी हुन् ह्याकिङको कारण बन्न सक्ने २८ एक्सटेन्सन
- Direct Message for Instagram
- Direct Message for Instagram™
- DM for Instagram
- Invisible mode for Instagram Direct Message
- Downloader for Instagram
- Instagram Download Video & Image
- App Phone for Instagram
- App Phone for Instagram
- Stories for Instagram
- Universal Video Downloader
- Universal Video Downloader
- Video Downloader for FaceBook™
- Video Downloader for FaceBook™
- Vimeo™ Video Downloader
- Vimeo™ Video Downloader
- Volume Controller
- Zoomer for Instagram and FaceBook
- VK UnBlock. Works fast.
- Odnoklassniki UnBlock. Works quickly
- Upload photo to Instagram™
- Spotify Music Downloader
- Stories for Instagram
- Upload photo to Instagram™
- Pretty Kitty, The Cat Pet
- Video Downloader for YouTube
- SoundCloud Music Downloader
- The New York Times News
- Instagram App with Direct Message DM