शुक्रबार, माघ २, २०८२

फेसबुकविरुद्ध गम्भीर आरोप, टुक्राटुक्रा पार्न माग गर्दै मुद्दा

सामाजिक सञ्जाल फेसबुकविरुद्ध गम्भीर आरोप लगाउँदै अमेरिकाका विभिन्न राज्यमा मुद्दा दर्ता भएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

एजेन्सी- सामाजिक सञ्जाल फेसबुकविरुद्ध गम्भीर आरोप लगाउँदै अमेरिकाका विभिन्न राज्यमा मुद्दा दर्ता भएको छ।

National life

पहिलो पटक अमेरिकामा सरकारी निकायहरुले फेसबुकविरुद्ध मुद्धा दायर गरेका हुन्। ४८ वटा राज्यमा फेसबुकविरुद्ध मुद्दा दायर भएको छ।

फेसबुकले बजारमा अनुचित तरिकाबाट प्रतिस्पर्धा गरेको, नयाँ प्रतिस्पर्धी कम्पनीहरुलाई खरिद गरेर वा अनुचित लाभ दिएर कमजोर पारेको जस्ता आरोपहरु लगाएर फेसबुकविरुद्ध संघीय सरकारसहितका विभिन्न निकाय र विभिन्न राज्यका न्यायाधिवक्ताकाे कार्यालयले मुद्दा हालेका हुन्।

फेसबुकले डिजिटल बजारमा आफ्नो वर्चस्वको दुरुपयोग गरेको आरोपमा फेसबुक र उसको अर्को प्लेटफर्म इन्स्टाग्राम तथा ह्वाट्सएपलाई अलग–अलग बनाउन माग गर्दै मुद्दा दर्ता भएका छन्।

यसअघि फेसबुकले ह्वाट्स्एप तथा इस्टाग्रामलाई खरिद गरेर आफ्नो बनाएको थियो। अभियोजनकर्ताहरुको मागअनुसार फैसला आए फेसबुक टुक्राटुक्रा हुनेछ।

Laxmi sunrise bank
kumari

अमेरिकाको ‘एन्टीट्रस्ट’ कानूनअनुसार यो मुद्दा दर्ता गरिएको छ। यो कानुनको उद्देश्य उपभोक्ताहरुलाई कम्पनीहरुको शोषण व्यवहारबाट बचाउनु हो। साथै यो कानुनको उद्देश्य बजारमा स्वास्थ प्रतिस्पर्धा भइरहनु पर्छ भन्ने हो।

तर फेसबुकले आफूसँग प्रतिस्पर्धा गर्न आउने उस्तै प्रकृतिका सबैजसो कम्पनीलाई किन्ने गरेको छ। साथै उसले कतिपय कम्पनी किनेर बन्द गरिदिएको छ।

विगत केही वर्षदेखि फेसबुकले गरेको यस्तो क्रियाकलाप विरुद्ध अमेरिकाका सरकारी निकायहरु नै अदालत पुगेपछि फेसबुक अन्तर्गतका अन्य प्लेटफर्म टुक्रिन सक्ने सम्भावना बढेको हो।

फेसबुकले भने आफ्ना गतिविधि अमेरिकी संघीय कानूनअन्तर्गत नै रहेर गरिराखिएको दाबी गरेको छ।

प्रकाशित: Dec 10, 2020| 11:12 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...