बिहीबार, कात्तिक २७, २०८२

घुमघामका लागि शिवपुरी धाम (फोटोफिचर)

दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिंग दाबी गरिएको धाममा नेपाल माताको मूर्तिलगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहर पनि छन्। 
 |  मंगलबार, कात्तिक १८, २०७७

भीम चौधरी

भीम चौधरी

मंगलबार, कात्तिक १८, २०७७

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको शिवपुरी धाम हो यो। वरिपरि जंगलले ढाकिएको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिंग धाममा १०८ फिट अग्लो शिवलिंग समेत स्थापना गरिएको छ। 

National life

दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिंग दाबी गरिएको धाममा नेपाल माताको मूर्तिलगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहर पनि छन्। 

१०८ फिट अग्लो ज्योतिर्लिंग, १०८ तुलसी मठ, १०८ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहरको रूपमा शिवपुरी धामलाई लिइन्छ।

धार्मिक कार्यका लागि पाँच वटा मण्डप बनाइएका छन्। धाममा गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायणको मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर पनि अवस्थित छन्। भिक्षु, भिक्षुणी बस्न कुटिहरू पनि निर्माण गरिएका छन्।

धानमसँगै जोडिएको शिवपुरी सामुदायिक वन क्षेत्रमा घाइते तथा टुहुरा वन्यजन्तु संरक्षण केन्द्रसमेत स्थापना गरिएको छ। शिवपुरी धाम घुम्न आउने पर्यटकले सो केन्द्रमा राखिएका जंगली जनावरको समेत अवलोकन गर्न सक्छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 03, 2020| 05:44 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।