मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • अमेरिकी राष्ट्रपतीय चुनावमा रुबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने

अमेरिकी राष्ट्रपतीय चुनावमा रुबिन्सले अन्तरिक्षबाटै मतदान गर्ने

अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुमा उत्साह पनि बढ्दै गएको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

एजेन्सी- अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुमा उत्साह पनि बढ्दै गएको छ।

Kumaribank

कोरोना महामारीकै बीच अमेरिकामा निर्वाचनको सरगर्मी बढिरहेको छ। यो निर्वाचनका लागि एक यस्ती मतदाता छन् जसले राष्ट्रपति निर्वाचनका लागि अन्तरिक्षबाटै आफ्नो मताधिकार प्रयोग गर्नेछिन्।

अन्तरिक्ष एजेन्सी नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले नोभेम्बर ३ मा अन्तरिक्षबाटै मतदान गर्ने योजना बनाएकी छन्।

उनले भनेकी छन्, ‘म पृथ्वीदेखि २०० माइल टाढा अन्तरिक्षमा छु, म यहीँबाट आफ्नो मताधिकार प्रयोग गर्नेछु।’

अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार सन् २००९ मा केट रुबिन्स नासामा सहभागी भएकी हुन्। सन् २०१६ मा उनले चालक दलको सदस्यका रुपमा पहिलो आफ्नो अन्तरिक्ष अभियान पुरा गरिन्। 

Metro Mart

धेरैजसो अमेरिकी अन्तरिक्ष यात्री ह्युस्टनमा बस्छन्। टेक्सासको कानूनले उनीहरुलाई सुरक्षित रुपमा इलेक्ट्रोनिक मतदानको अनुमति दिएको छ।

त्यही इलेक्ट्रोनिक मतपत्र अन्तरिक्षमा रुबिन्सका लागि पठाइने छ। उनले सुरक्षित रुपमा मतदान गरेको मतपत्र फिर्ता पठाउनेछिन्। यो इलेक्ट्रोनिक विधिको सदुपयोग गर्दै रुबिन्सले आगामी राष्ट्रपतीय निर्वाचनमा अन्तरिक्षबाटै मतदान गर्ने भएकी हुन्।

प्रकाशित: Sep 27, 2020| 10:05 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...