मंगलबार, कात्तिक ४, २०८२

३५ करोड प्रयोगकर्ता रहेको भारतीय एप गुगलले हटाइदियो

गुगलले भारतको एउटा चर्चित एप्लिकेसन आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

एजेन्सी- गुगलले भारतको एउटा चर्चित एप्लिकेसन आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ।

Kumaribank

पेटीएम एप गुगलले प्ले स्टोरबाट हटाइदिएको बीबीसीले जनाएको छ।

गुगलले अनलाइन बाजीसम्बन्धी शर्तहरु उल्लंघन गरेको आरोप लगाएको छ। पेटीएम भारतको एक चर्चित एप हो। महिनामा झण्डै ५ करोड सक्रिय प्रयोगकर्ताहरु रहेको एपको दाबी छ।

एपका अनुसार उसका कुल ३५ करोड प्रयोगकर्ता रहेका छन्।

गुगलका सह अध्यक्ष सुजेन फ्रेले यो एपले गुगलका सुरक्षासम्बन्धी नीतिहरु उल्लंघन गरेको र ग्राहकहरुले असुरक्षित महसुस गरेकाले प्ले स्टोरबाट हटाइएको दाबी गरेका छन्।

Metro Mart

पेटीएमले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डिलमा ट्वीट गर्दै यसको नयाँ अपडेट गुगलमा उपलब्ध नभएको, प्रयोगकर्ताहरुको सबै पैसा सुरक्षित रहेको र छिट्टै गुगलमा उपलब्ध हुने उल्लेख गरेको छ।

प्रकाशित: Sep 18, 2020| 11:15 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...