बिहीबार, माघ १, २०८२

बालबालिकाले इन्टरनेट चलाउँदा ध्यान दिनैपर्ने कुरा

अचेल बालबालिका घरमै अनलाइनबाट पढिरहेका छन्। यसले एक प्रकारले सजिलो बनाइदिएको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

अचेल बालबालिका घरमै अनलाइनबाट पढिरहेका छन्। यसले एक प्रकारले सजिलो बनाइदिएको छ। इन्टरनेट चलाउँदा केही सजग हुनुपर्छ।

National life

हामीले सूचना प्रविधिमार्फत नै नयाँ कुरा सिक्ने, नयाँ मानिस भेट्ने, पुग्न नसकेका ठाउँका बारेमा थाहा पाउने लगायतका अवसर प्राप्त गर्न सक्छौं।

उचित सूचना वा मार्गदर्शन नभएमा इन्टरनेटबाट दुर्व्यवहार, शोषण तथा हिंसाजस्ता जोखिमको सामना गर्नुपर्ने पनि हुन सक्छ। त्यसैले बालिबालिकाले इन्टरनेट चलाउँदै यी कुरामा ध्यान दिनुपर्छ –

१. आफ्नो फोटो र व्यक्तिगत विवरण जस्तै फोन नम्बर, घर वा विद्यालयको ठेगाना, आदि इन्टरनेटमा नराख्नुहोस् र आफूले नचिनेको वा इन्टरनेटमा भेटेको व्यक्तिलाई नदिनुहोस्।

२. आफूलाई अप्ठ्यारो वा असहज लाग्नेवेबसाइट वा सामग्री इन्टरनेटमा नहेर्नुहोस्। त्यस्ता फोटो, चित्र वा सन्देशले तपाईंलाई लामो समयसम्म नकारात्मक असर पार्न सक्छन्।

३. वयस्कहरूका लागि बनाइएका मञ्च (फोरम) वा कुराकानी गर्ने च्याट रूममा नजानुहोस्। त्यस्ता ठाउँमा गरिने कुराकानी बालबालिकाका लागि उपयुक्त नहुन सक्छ। कसैले तपाईंलाई असहज हुने कुरा गरे वा लेखे भने अस्वीकार गर्नुहोस् र च्याट रूमबाट बाहिरिनुहोस्।

Laxmi sunrise bank
kumari

४. इन्टरनेटमा उपलब्ध हुने सबै कुराहरूमा विश्वास नगर्नुहोस्। त्यस्ता कुराहरू साँचो हो वा होइन आमाबाबु वा अन्य वयस्कहरूसँग सोधेर मात्र विश्वास गर्नुहोस्।

५. आफ्नो ल्यापटप, इमेल, सामाजिक सञ्जाल वा मोबाइलको पासवर्डहरू अरू कसैलाई नदिनुहोस्।

६. आफूले नचिन्ने व्यक्तिहरूबाट साथी बनाउने प्रस्ताव आयो भने स्वीकार नगर्नुहोस्। नयाँ साथी बनाउनु राम्रो हो, तर साथी बनाउनुअगाडि उनीहरूको बारेमा थप जानकारी हासिल गर्नु आवश्यक हुन्छ।

७. इन्टरनेटको प्रयोग गर्दै जाँदा आफूलाई कुनै प्रकारको डर महसुस भएमा आफूभित्रै नराख्नुहोस्। तपाईंको आफ्नो सुरक्षाबारे चिन्तित हुनुहुन्छ वा इन्टरनेटको कारणले तपाइलाई के ही भएको छ भने आफूले विश्वास गरेको वयस्क व्यक्तिलाई तुरुन्तै भन्नुहोस्। साभार-युनिसेफ

प्रकाशित: Sep 15, 2020| 13:20 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...