बिहीबार, माघ १, २०८२

कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने बाकस निर्माण

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना संक्रमितलाई सुरक्षित रुपमा अस्पतालसम्म पुर्‍याउन बाकस निर्माण गरेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- राष्ट्रिय आविस्कार केन्द्रले कोरोना संक्रमितलाई सुरक्षित रुपमा अस्पतालसम्म पुर्‍याउन बाकस निर्माण गरेको छ।

National life

खोज, अनुसन्धान र आविस्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लोपटक कोरोना संक्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको हो।

बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको केन्द्रका अध्यक्ष महावीर पुनले बताए।

उनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पूरा भएको बताउँदै यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने र चेन लगाएर बन्द गर्न सकिने जानकारी दिए।

पुनका अनुसार बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फाल्ने अर्को प्वालमा एन–९५ फिल्टर राखिएको छ। जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिन्छ।

Laxmi sunrise bank
kumari

बाकसभित्र हावा पठाउन र भित्रको हावा बाहिर फाल्न ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ। बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको पुनले जानकारी दिए।

उक्त बाकस केही दिनभित्रै कोभिड-१९ को उपचार गर्ने अस्पताललाई उपलव्ध गराइने उनले बताए।

प्रकाशित: Sep 10, 2020| 17:53 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...