मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • बजारमा बढ्यो चहलपहल, जनस्वास्थ्यविद् भन्छन्- संक्रमणको जोखिम उच्च छ [भिडियो रिपोर्ट]

बजारमा बढ्यो चहलपहल, जनस्वास्थ्यविद् भन्छन्- संक्रमणको जोखिम उच्च छ [भिडियो रिपोर्ट]

दसैंतिहार, छठ पर्व नजिकिएसँगै काठमाडौंका न्युरोड, असन, इन्द्रचोक जस्ता बजार क्षेत्र र विभिन्न सपिङ मलमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्न थालेको छ।
 |  बिहीबार, असोज ७, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, असोज ७, २०७८

काठमाडौं– दसैंतिहार, छठ पर्व नजिकिएसँगै काठमाडौंका न्युरोड, असन, इन्द्रचोक जस्ता बजार क्षेत्र र विभिन्न सपिङ मलमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्न थालेको छ। चाडपर्व नजिकिएसँगै मुख्य व्यापारिक केन्द्रमा लत्ताकपडा र घरायसी सामग्री पसलमा चहलपल बढेको हो। कोरोना महामारी संक्रमणको जोखिम उच्च रहे पनि बजारमा चहलपहल बढेको छ। यद्यपि सरकारले कोरोना संक्रमण जोखिमका लागि जारी गरेको निषेध आदेश यसअघि नै अन्त्य गरिसकेको छ।

Kumaribank

न्युरोडमा भेटिएकी काठमाडौं गोंगबुकी रेमकुमारी सिम्खडाले भनिन्, ‘दसैं आउन अझै केही हप्ता बाँकी छ। त्यसैले बजारमा खासै भीड नहोला।’ उनले यस्तो भीड देखिन्, जुन भीडबाट अत्तालिएर उनी केही नकिनी फर्किइन्। पति भर्खर कोरोना लागेर सन्चो भएका रहेछन्। त्यसैले उनले कोरोनाले दिने पीडा नजिकबाट नियालिएकी थिइन्। त्यही कारण हुनुपर्छ भीडबाट तर्सिएकी रेमकुमारी सामानै नकिनी फर्किइन्। उनी भन्छिन्, ‘बाँचे यस्ता चाड हरेक वर्ष आउँछन्, त्यसैले मैले त यो भीडमा छिरेर केही किनिनँ।’ 

वैशाख १६ पछि लागू गरिएको निषेध आदेशका कारण केही महिना ठप्प रहेको कारोबार दसैं नजिकिएसँगै केही बढ्न थालेको व्यापारीहरु बताउँछन्। तर, ग्राहकबाट भने कोरोना संक्रमण हुने हो कि भन्ने चिन्ता उनीहरूलाई छ। लामो समय पसल बन्द हुँदा भाडा समेत तिर्न कठिन भएको उनीहरुको गुनासो छ। 

‘महामारी पूर्ण रूपमा बिर्साउने खालको भीड छ हिजोआज हाम्रो क्षेत्रतिर। यहाँ कोरोनाको खासै चासो देखिँदैन। आफ्नो किनमेलको काम सक्न पाए पुग्यो’, न्युरोडका कपडा व्यापारी महेश बस्नेतले भने। उनका अनुसार भीड बढेसँगै व्यापार पनि बढेको छ। तर, कहिलेकाहीं धेरै मान्छेको भीड पसलभित्रै आउँदा भने डर लाग्ने गरेको उनले सुनाए। ‘पहिलो र दास्रो लकडाउनले व्यापार चौपट भएको थियो। सबै बजार खुलेसँगै कारोबार ह्वात्तै बढेको छ। कोरोनासँग डराउने भन्दा यसैमा खुसी मान्नुपर्ने अवस्था छ’, बस्नेतले भने। 

जनस्वाथ्यविद् भने मानिसको भीडभाडले फेरि कोरोना संक्रमणको उच्च जोखिम रहेको बताउँछन्। चाडपर्व नजिकिएसँगै मानिसहरुको आवतजावत बढ्छ। यसले पनि महामारी संक्रमणमा थप बल पुग्ने उनीहरूको भनाइ छ। सरकारले विज्ञसँग सल्लाह नै नगरी निषेध आदेश खुलाएसँगै काठमाडौंका प्रत्येक क्षेत्रमा चहलपल बढेको जनस्वास्थ्यविद् बाबुराम मरासनीले बताए। 

Metro Mart

बजारमा यही स्तरको भीड कायम हुने हो भने चौथो लहर घातक भएर आउन सक्ने उनको भनाइ छ। यसलाई खेलाँची नसम्झिन पनि उनले सचेत गराएका छन्। उनले भने, ‘अमेरिकी सरकारले अलिकति लकडाउन खुला ग¥यो त्यहाँ फेरि कोरोना बढ्यो। पोल्यान्डमा चुनाव भयो त्यहाँ फैलियो। नेपालमा पनि जुन खालको भीडभाड देखिएको छ, यसले फेरि कोरोना फैलिने खतरा बढाएको छ।’ 

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि सरकारले कुसमयमा लकडाउन पूर्ण रुपमा खोलेको टिप्पणी गर्छन्। ‘जतिखेर भीड नियन्त्रण गर्न सरकारले आफ्नो भूमिका देखाउनुपर्ने हो, त्यहिबेला पूर्ण रुपमा खुला गरिएको छ। यो खतरनाक छ।’ उनले भने। नागरिक आफैं सचेत हुनुपर्नेमा पनि उनी जोड दिन्छन्। सरकारले बजार, यातायात पूर्ण रुपमा खोल्यो भन्दैमा, चाडपर्व आयो भन्दैमा जथाभाबी हिँड्ने, भीडमा जाने काम अत्यन्त कम गर्नु पर्ने उनको सुझाव छ। ‘नेपालमा चौथो लहरको जोखिम कायमै रहेकाले सचेत हुनुपर्छ’, उनले भने। 

काठमाडौंका असन, न्युरोड, नयाँ बानेश्वर, मैतीदेवीलगायत बजारहरुमा चहलपल ज्यादै देखिन्छ। क्रेता–विक्रेता कोरोना भाइरसको वास्तै नगरी आफ्नै काममा मस्त देखिन्छन्। बजार हिँडडुल गर्ने कतिपय सर्वसाधारणले मास्क नै प्रयोग गरेको देखिँदैन। कोरोना महामारीबाट जोगिनका लागि सबैले कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्दछ।

प्रकाशित: Sep 23, 2021| 14:20 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।