शुक्रबार, वैशाख ७, २०८१

'टिकटक, फेसबुक र युटुबको बढी प्रयोगले इन्टरनेट स्लाे'

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पिड स्लो हुन सक्ने बताएका छन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं- सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पिड स्लो हुन सक्ने बताएका छन्।

triton college

प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको पनि प्रस्ट पारेका छन्।

सुबिसु केवल नेट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमताभन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए।

“ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकले चर्को प्रतस्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्। धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्। हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ”, उनले भने।

भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए। उनले भने, “अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ, भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ। त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो।”

corrent noodles
Metro Mart

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ।

कोरोनाका कारण समस्या झनै बढ्दो

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणले देशभर लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ।

विशेषगरी टिकटक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्याउन हम्मे–हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ साउदको भनाइ छ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस ब्यान्डविथको माग बढेको उनले जानकारी दिए।

“लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो। अहिले पाँचदेखि छ सय जीबीपीएस खपत भइरहेको छ। प्रायःजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ”, सीईओ साउदले भने।

उनका अनुसार कोरोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको छ।

सेवाप्रदायक मात्रै दोषी हैनन् : दूरसञ्चार विज्ञ खनाल

अन्तरक्रियामा सहभागी दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावबीच इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए।

महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारका लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको भए पनि नेपालले त्यसका लागि खासै पहल नगरेको धारणा व्यक्त गरे।

आईएसपीले विदेशमा ब्यान्डविथको पैसा भुक्तानी गर्न कयौं दिनयता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले गुणस्तर सुधारका लागि नीतिगत र व्यवहारिक काममा ध्यान दिनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: Sep 05, 2020| 21:00 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...