शुक्रबार, असोज ३१, २०८२

साढे २३ करोड इन्टरनेट प्रयोगकर्ताको डाटा लिक

संसारभरका साढे २३ करोड इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

एजेन्सी- संसारभरका साढे २३ करोड इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ।

Kumaribank

इन्टरनेट डाटा लिकसम्बन्धी जानकारी दिने कम्पनी कम्पेरिटकका अनुसार यति ठूलो संख्यामा प्रयोगकर्ताहरुको डाटा लिक भएको हो।

तर डाटा लिक भएकोबारे यी कुनै पनि कम्पनीले केही प्रतिक्रिया दिएका छैनन्।

एजेन्सीहरुका अनुसार १० करोड इन्स्टाग्राम प्रयोगकर्ताको डाटा लिक भएको छ। जसमा प्रयोगकर्ताको पुरै जानकारी चोरी भएको छ।

यस्तै ४ करोड २० लाख टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ। जबकी ४० लाख युट्युब प्रयोगकर्ताको डाटासमेत लिक भएको छ वा खतरामा रहेको छ।

Metro Mart

लिक भएको डाटामा प्रयोगकर्ताको प्रोफाइल नाम, पुरा नाम, प्रोफाइल तस्बिर, अकाउन्ट डिस्क्रिप्सन, अकाउन्ट इंगेजमेन्ट, फ्लोअर्सको संख्या, फ्लोअर्स ग्रोथ रेट, उनीहरुका साथी वा फ्लोअर्सको उमेर समूह, स्थान, तथा उनीहरुलाई प्राप्त प्रतिक्रियासमावेश छ।

यसरी लिक भएको डाटाबाट सबै प्रयोगकर्तालाई कुनै असर नहुने भए पनि कुनै पनि ह्याकरले चाहेको बेला यस्ता प्रोफाइलहरु ह्याक गर्न सजिलो हुनेछ।

साथै ब्ल्याकमेलिङ गर्नेहरुलाई पनि यसले सजिलो बनाउन सक्छ, वा तपाईँको विस्तृत विवरणलाई गलतरुपले प्रयोग गर्न सक्छ।

यति ठूलो संख्या सामाजिक सञ्जाल प्रयोगकर्ताको विवरण एकैपटक कसरी लिक भयो भन्नेबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

यी सेवा प्रदायक कम्पनीहरुले सुरक्षाका आवश्यक विधिहरु नअपनाउँदा प्रयोगकर्ताको डाटा लिक भएको ठानिएको छ।

प्रकाशित: Aug 21, 2020| 19:00 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...