बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • फोटो
  • निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो काठमाडौं उपत्यका, के के गर्न पाइन्न ? (फोटो फिचर)

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो काठमाडौं उपत्यका, के के गर्न पाइन्न ? (फोटो फिचर)

सरकारले १२० दिन लामो लकडाउन खोलेको २९ दिनपछि बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका अधिकांश सडक सुनसान देखिएका छन् ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- सरकारले १२० दिन लामो लकडाउन खोलेको २९ दिनपछि बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको छ ।

Everest Bank

निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका अधिकांश सडक सुनसान देखिएका छन् । अत्यावाश्यक सेवाका केहि सवारीबाहेक कुनै पनि सवारी सडकमा गुड्न दिइएको छैन् ।

निषेधाज्ञा उल्लंघन गरेर सवारी चलाउने ५ सयभन्दा धेरैलाई बिहानै रोकिएको महानगरिय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता सुशिलकुमार यादवले जानकारी दिए ।

अधिकांश कार्यालय हिडेकाहरु रोकिएका छन् । उनका अनुसार भित्रि सडकहरुमा पनि सवारी चलाउन कडाइ गरिएको छ ।

केहि अत्यावाश्यक बाहेकका कुनै पनि पसल खोल्न दिइएको छैन् । अधिकांश बजार र पसल बन्द छन् भने केहि स्थानमा बिहान किनमेल गर्नेहरुको चहलपहल देखिएको थियो ।

Metro Mart
worldlink

उक्त चहलपहल रोक्न चोक चोक प्रहरी तैनाथ अवस्थामा बसेका छन् । अत्यावाश्यक काम नपरि घरबाहिर निस्किनेलाई समेत कारबाही गर्ने प्रहरीले तयारी गरेको छ ।

काठमाडौँ उपत्यकामा कोभिड– १९ का नयाँ संक्रमित देखिन थालेपछि निषेधाज्ञामार्फत दोस्रो चरणको ‘लकडाउन’ लागू गरिएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले बुधबार मध्यरातिदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञाको निर्णय लिएका थिए । निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ ।

कोभिड– १९ संक्रमणको जोखिम बढेको निष्कर्षसहित संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम उपत्यकाभरका लागि निषेधाज्ञा जारी भएको हो ।

के के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

अत्यावश्यक सेवा, सुरक्षा निकाय र खाद्यान्न बाहेकका सवारी साधनलाई उपत्यका प्रवेशमा निषेध गरिएको छ ।

निषेधाज्ञाको समयमा पनि खाद्यवस्तु ढुवानी गर्ने गाडी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तरकारी, दूध, विद्युत्, दूरसञ्चार, फलफूल, सञ्चार माध्यमलगायतका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।

कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ ।

सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन ।

शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन ।

सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

तस्बिर- दिनेश श्रेष्ठ

प्रकाशित: Aug 20, 2020| 10:14. 03 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्