बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • टिकटकमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर

टिकटकमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर

अमेरिकी सरकारी निकायहरूका सरकारी फोनमा टिकटक प्रतिबन्ध भइसकेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

National life

आगामी ४५ दिनमा ती आदेशहरू लागू हुनेछन्। त्यसपछि सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नु पर्नेछ। अमरिकाको राष्ट्रिय सुरक्षाका लागि त्यसो गर्नु आवश्यक भएको दाबी ट्रम्पले गरेका छन्।

अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा सञ्चालन गर्नेगरी टिकटक किन्न वार्ता गरिरहेका बेला यस्तो कार्यकारी आदेश जारी भएको हो।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एप हो भने वीच्याट टेन्सेन्ट कम्पनीले सञ्चालन गरेको म्यासेज पठाउने एप हो।

चीनमा विकसित र चिनियाँ कम्पनीको स्वामित्वमा भएका मोबाइल एपहरूको प्रयोग अमेरिकामा बढ्दा अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रलाई खतरा भइराख्ने ट्रम्पको तर्क छ।

Laxmi sunrise bank
kumari

टिकटकले राजनीतिक रूपमा संवेदनशील सामग्री लाई सेन्सर गर्ने गरेको उनले बताएका छन्। अमेरिकी सरकारी निकायहरूका सरकारी फोनमा टिकटक प्रतिबन्ध भइसकेको छ।

प्रकाशित: Aug 07, 2020| 13:23 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...