बिहीबार, माघ १, २०८२

चीनले बनायो जमिन र पानी दुवै ठाउँमा उडान-अवतरण हुन सक्ने जहाज

चीनले आफ्नो पहिलो 'एम्फिबियस' विमान एजी-६०० को सफलतापूर्वक समुद्रमा परीक्षण गरेको छ। यो विमान समुद्र र जमिन दुबै ठाउँबाट उड्न र अवरण गर्न सक्छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

एजेन्सी- चीनले आफ्नो पहिलो 'एम्फिबियस' विमान एजी-६०० को सफलतापूर्वक समुद्रमा परीक्षण गरेको छ। यो विमान समुद्र र जमिन दुबै ठाउँबाट उड्न र अवरण गर्न सक्छ।

National life

यो विमानलाई चिनियाँ एभिएसन कम्पनी 'कर्फ अफ चाइना' (एभीआइसी) ले निर्माण गरेको हो। आइतबार चीनको स्यानडोङ प्रान्तको क्वीङदाओस्थित दक्षिण चीन सागरमा जहाजकाे परीक्षण गरिएको हो।

चीनमै निर्माण भएको यो विमानको उपयोग राहत, उद्धार तथा सामान ओसारपसारका लागि हुने ग्लोबल टाइम्सले जनाएको छ।

यो विमानले आइतबार क्वीङदाओस्थित समुद्रबाट उडेर स्यानडोङ प्रान्तको रिझाओ विमानस्थलमा अवतरण गरेको थियो।

यो संसारकै नयाँ प्रविधिको विमान भएको निर्माता कम्पनी एभीआइसीले दाबी गरेको छ। यो विमानको पहिलो स्थल उडान र अवतरण सन् २०१७ को डिसेम्बरमा गुआङदोङ प्रान्तमा गरिएको थियो।

Laxmi sunrise bank
kumari

एजी-६०० विमान सामुद्रिक लहर आएको बेलासमेत उडान र अवतरण गर्न सक्षम रहेको कम्पनीको दाबी छ।

यो विमानको सहयोगबाट समुद्रमा रहेका युद्धपोत, अन्य जहाजहरु तथा तेलका ट्यांकरहरुमा सामान पुर्याउन र ल्याउन सहयोग हुनेछ। साथै राहत र उद्धारका लागि यसले काम गर्न सक्नेछ।

स्थल र जल क्षेत्रमा सफलतापूर्वक परीक्षण सम्पन्न भएपछि यो जहाजलाई चीनले केही समयमा व्यवसायिक प्रयोगमा ल्याउने तयारी गरेको छ।
यो जहाज १२ टन तौल उठाउन सक्ने र ५० जनालाई बोक्न सक्ने क्षमताको छ। यो जहाज लगातार १२ घण्टा उडान गर्नसक्ने क्षमताको छ।

 

चीन ने बढ़ाई ताकत, बनाया जमीन और पानी से उड़ने वाला विमान, ये होगा फायदा

चीन ने बढ़ाई ताकत, बनाया जमीन और पानी से उड़ने वाला विमान, ये होगा फायदा

प्रकाशित: Jul 27, 2020| 16:10 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...