बिहीबार, माघ १, २०८२

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

काठमाडौं- विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ।

National life

मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो।

त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ।

Laxmi sunrise bank
kumari

कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नु पर्नेछ।

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ। रासस

प्रकाशित: Jul 18, 2020| 14:28 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...