शुक्रबार, असोज ३१, २०८२

तपाईँले प्रयोग गरिरहेको जिमेलले परिवर्तन गर्दैछ स्वरुप

डिजिटल पत्राचारका लागि सबैभन्दा धेरै प्रयोगमा आउने ‘जिमेल’ ले आफ्नो स्वरुप परिवर्तन गर्ने भएको छ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

काठमाडौं- डिजिटल पत्राचारका लागि सबैभन्दा धेरै प्रयोगमा आउने ‘जिमेल’ ले आफ्नो स्वरुप परिवर्तन गर्ने भएको छ।

Kumaribank

‘मेल’ का रुपमा विश्वमा सबैभन्दा बढी लोकप्रिय बनेको गुगलको ‘मेलिङ’ प्लाटफर्म जिमेल अब ‘मेल’ मा मात्र सिमित नभई अन्य सुविधासहित आउने तयारीमा छ।

गुगलले जिमेलमा अन्य धेरै सेवाहरु थप गरिरहेको छ। आगामी केही समयभित्र ती सेवाहरु सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछन्।

अब जिमेलमा अब त्यसको तल चारवटा ट्याबहरु देख्न सकिनेछ। ‘मेल’, ‘च्याट’, ‘मिट फर भिडियो’ र ‘रुम्स’ हुनेछन्। साथै नयाँ भर्सनमा ‘जी सुईट’ सुविधा पनि रहनेछ। तर यो सुविधा जिमेलले तत्कालका लागि केही विशेष प्रयोगकर्ताहरुलाई मात्र उपलब्ध गराउने छ।

जिमेलको रुम्स चाँहि एउटा कार्यालय जस्तो हुनेछ। जहाँ धेरै मानिसहरुले एकै समयमा भर्चुअल रुपमा एकै ठाउँमा रहेर काम गर्न सक्नेछन्। सीनेटको रिपोर्टअनुसार नयाँ जिमेल भर्सनमा सहजै च्याट गर्न सक्नेछन्। साथै ट्याबहरु सहजै सार्न सकिनेछ।

Metro Mart

यसमा गुगल डक सहजै सम्पादन गर्ने सुविधा राखिएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा गुगलले भिडियो कन्फ्रेन्सिङ एप गुगल मिटलाई व्यापक रुपमा प्रचारप्रसार गर्न सफल भएको छ।

गुगलका अनुसार गुगल मिटमा दैनिक रुपमा झण्डै ३० लाख प्रयोगकर्ता जोडिइरहेका छन्।

हालसम्म गुगल मिट झण्डै १० करोड मानिसले प्रयोग गरिसकेको गुगलको दाबी छ।

गुगल प्ले स्टोरमा विश्वव्यापी रुपमा यो एप प्रयोग गर्नेको संख्या १० करोड भन्दा धेरै देखिन्छ।

अहिले गुगलको जिमेल प्रयोगकर्ताको संख्या झण्डै १ अर्ब रहेको गुगलको अनुमान छ।

google meet integration mobile

प्रकाशित: Jul 16, 2020| 14:14 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...