शनिबार, वैशाख ८, २०८१

इन्स्टाग्रामले टिकटक जस्तै नयाँ फिचर ल्याउदै

भारतमा केही दिनयता ‘टिकटक’ बन्द गरिएको छ। छोटो भिडियोहरु बनाएर पोस्ट गर्न मिल्ने चिनियाँ एप्लिकेसन टिकटक बन्द भएसँगै त्यहाँका टिकटक ‘स्टार’ हरु अहिले दुःखी छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं- भारतमा केही दिनयता ‘टिकटक’ बन्द गरिएको छ। छोटो भिडियोहरु बनाएर पोस्ट गर्न मिल्ने चिनियाँ एप्लिकेसन टिकटक बन्द भएसँगै त्यहाँका टिकटक ‘स्टार’ हरु अहिले दुःखी छन्।

triton college

नेपालमा पनि पछिल्लो समय टिकटकको प्रयोग तीव्ररुपमा बढिरहेको छ। खासगरी कोरोना भाइरसको महामारीपछि नेपाल टिकटकको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ।

टिकटक कतिपयका लागि ‘ग्ल्यामर्स’ क्षेत्रमा प्रवेशको माध्यम नै बनिदिएको छ भने कतिपयलाई समय व्यतित गर्ने मेलो बनेको छ।

यस्तो बेला भारत सरकारले एकाएक टिकटक बन्द गरिदिएपछि नेपालमा पनि टिकटक के हुने भन्ने आशंकाहरु छन्।

यही बीचमा भारतमा टिकटककै झल्को दिनेगरी फेसबुकको ‘सिस्टर’ एप इन्स्टाग्रामले नयाँ फिचर ‘रिल्स’ लन्च गर्न लागेको छ।

corrent noodles
Metro Mart

गत वर्षको नोभेम्बरमा इन्स्टाग्रामले यसको रिल्सको ‘ट्रायल लन्च’ गरेको थियो। भारतमा टिकटक बन्द भएलगत्तै इन्स्टाग्रामले यो फिचर भारतमा लन्च गर्न खोजेको हो।

बिजनेस सनराइडरको एक रिपोर्टका अनुसार इन्स्टाग्रामले यो फिचर भारतका केही प्रयोगकर्ताका लागि उपलब्ध गराइसकेको छ।

यद्यपि इन्स्टाग्रामले भारतमा यसको प्रयोग गर्न लागिएको कुरालाई आधिकारिक रुपमा पुष्टि गरेको छैन।

फेसबुकका एक प्रवक्ताले जारी गरेको वक्तव्यमा रिल्सलाई अझै प्रभावकारी बनाउन प्राविधिक रुपमा कामहरु भइरहेको र धेरै देशमा एकैपटक लञ्च गर्ने तयारी भएको उल्लेख छ। इन्स्टाग्रामको यो फिचरले पनि टिकटकले जस्तै काम गर्नेछ।

टिकटकमा आफैले विभिन्न छोटा भिडियोहरु बनाउन सकिन्छ भने छोटा अडियो क्लिपमा अभिनय गरेर पनि भिडियो निर्माण गर्न सकिन्छ। त्यस्तो अडियो आफैले राख्न वा अरु प्रयोगकर्ताले राखेको अडियोको प्रयोग गर्न पनि सकिन्छ।

साथै यहाँबाट फेसबुकमा जस्तै लाइभ गर्न सकिन्छ। टिकटकका भिडियोहरुमा लाइक र कमेन्ट गर्न पनि सकिन्छ।

म्युजिकल्लीका रुपमा सुरु भएको टिकटक एप पछिल्लो समय करोडौँ प्रयोगकर्ता बनाउन सफल भएको छ।

कम्पनीका अनुसार यसका ४० करोडभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन्। भारतमा मात्रै यसका १० करोड भन्दा बढी सक्रिय प्रयोगकर्ता छन्।

टिकटक जस्तै सुविधा भएका थुप्रै एपहरु छन्। यद्यपि यसका प्रयोकर्ता धेरै भएका कारण संसारभर यसको लोकप्रियता बढ्दै गएको छ।

 

प्रकाशित: Jul 05, 2020| 14:20 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...