शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रविधि
  • कोरोनाकालका आविष्कार : संक्रमित खोज्ने एपदेखि ब्याक्टेरिया नष्ट गर्ने रोबोटसम्म

कोरोनाकालका आविष्कार : संक्रमित खोज्ने एपदेखि ब्याक्टेरिया नष्ट गर्ने रोबोटसम्म

वैज्ञानिकले कोरोना संक्रमित खोज्ने एपदेखि भाइरस नष्ट गर्ने रोबोटसम्म आविष्कार गरेका छन्।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको ६ महिना भएको छ।

triton college

डिसेम्बर अन्त्यमा चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको उक्त भाइरसबाट झन्डै एक करोड मानिसमा संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसले महामारीको रुप लिइरहँदा यसको रोकथाम र नियन्त्रणका लागि विश्वभरका वैज्ञानिक खोपको परीक्षणमा लागिरहेका छन्। यद्यपि, आशातित सफलता भने हासिल हुन सकिएको छैन।

यसको रोकथाम र नियन्त्रणका लागि अन्य प्रविधि विकसित भने नभएका होइनन्। वैज्ञानिकले कोरोना संक्रमित खोज्ने एपदेखि भाइरस नष्ट गर्ने रोबोटसम्म आविष्कार गरेका छन्।
कोरोना प्रकोपबाट बच्न विकसित भएका केही नवआविष्कार यी हुन् : 

आपतकालीन भेन्टिलेटर

corrent noodles
Metro Mart

कोरोना भाइरसले मानिसको फोक्सोमा हमला गर्छ, जसले रगतमा अक्सिजन पुग्न कठिन हुन्छ।
भेन्टिलेटरको सहायताबाट फोक्सोमा अक्सिजन पुर्याउन सहज हुन्छ। त्यसकारण कोरोना भाइरस संक्रमित मानिसलाई जीवित राख्न यो महत्त्वपूर्ण उपकरण मानिन्छ।

बेलायतका डा. रायस थोमसले इन्जिनियरिङ कम्पनी सीके क्लार्क एन्ड को अफ कोमनफोर्डको साथ मिलेर तीन दिनमा सरल तथा बलियो भेन्टिलेटर विकसित गरे। यसले बिरामीलाई सास लिन मद्दत गर्नुका साथै भाइरसको कण पनि संक्रमण हुन दिँदैन।
“यद्यपि, यो एक आईसीयू भेन्टिलेटर जस्तो छैन। तर यसमा राखेर उपचार गरिएमा बिरामीलाई गहन हेरचाह आवश्यक पर्दैन,” थोमसले भनेका छन्।

‘रोगाणु जाल’ प्रविधिको मास्क

संयुक्त अधिराज्यले कोरोना भाइरसको संक्रमणबाट बच्न अर्काे प्रविधिको आविष्कार गरेको छ। त्यो हो– ‘रोगाणु जाल’को प्रविधिबाट बनाइएको मास्क।

बायोटेक फर्म भिरुस्टाटिक १० वर्षको परियोजनाको परिणाम यो आविष्कार भएको हो।
यसले मानिसको आँखाबाट अदृष्य भाइरसलाई आकर्षित गर्छ। भाइरस कपडामा पर्नेबित्तिकै निष्क्रिय हुने कम्पनीको दाबी छ।

सुरक्षात्मक प्लास्टिक क्याप्सुल

मेक्सिकोको कम्पनी एक्सई मेडिकल इन्जिनियरिङले एक प्लास्टिकको सुरक्षात्मक क्याप्सुल विकसित गरेको छ। यसबाट स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमणको सम्भावना कम हुन्छ।

यो कक्ष सिल गरिएको लचिलो प्लास्टिक क्याप्सुल हो, जसलाई फुलाइराख्न फिल्टर प्रणाली राखिएको छ।

कम्पनीका अनुसार यसको उपयोग एम्बुलेन्स, आपतकालीन कक्ष र अस्पतालको वार्डमा गर्न सकिन्छ।

“हामी आफ्ना कामदार तथा उनीहरुका परिवारका सदस्यको रक्षा गर्न चाहन्छौं, जसले संक्रमित मानिससँग बस्नुपर्छ,” एक्सई मेडिकल इन्जिनियरिङका निर्देशक फर्नान्डो अल्वेसले भनेका छन्।

स्मार्ट हेल्मेट

चीनको कुआङ–ची टेक्नोलोजीले एक स्मार्ट हेल्मेट विकसित गरेको छ, जो हरेक मिनेटमा सयौं मानिसको तापक्रम पाँच मिटरको दूरीबाटै स्क्यान गर्न सक्छ।

कम्पनीका अनुसार हजारभन्दा बढी हेल्मेट बिक्री भइसकेको छ। यस्तै, मध्यपूर्व, युरोप र एसियाबाट खरिदका लागि माग गरिएको कम्पनीले जनाएको छ।

‘फोन बुथ’

दक्षिण कोरियाको एक अस्पतालले कोरोना भाइरस परीक्षण गर्न ‘फोन बुथ’ जस्तै देखिने कक्षको निर्माण गरेको छ। अस्पतालले चिकित्सा कर्मचारीलाई प्लास्टिकको स्क्रिन पछाडि रहेर बिरामीको जाँच गर्ने अनुमति दिएको छ।

यस प्रविधिमा संक्रमितले बक्सभित्र पसेर ‘इन्टरकम’ को माध्यमबाट चिकित्सा कर्मचारीसँग परामर्श गर्छन्। अर्काे बिरामी आउनुअघि नै त्यो कक्ष सफा गर्नुपर्ने अस्पतालले जनाएको छ।

ब्याक्टेरिया नष्ट गर्ने रोबोट

डेनमार्कको एक कम्पनीले सरसफाइ गर्ने रोबोर्ट बनाएको छ। यसमा राखिएका आठ बल्बद्वारा उत्सर्जित यूभी–सी पराबैंगनी प्रकाशबाट भाइरस, ब्याक्टेरिया तथा अन्य हानिकारक किटाणु नष्ट गर्न सक्छ। साथै रसायनबिना नै अस्पतालको वार्ड सफा गर्न सक्छ।

यो डिभाइस सन् २०१९ को सुरुमै बजारमा ल्याइएको थियो। कोरोना भाइरस प्रकोपका कारण यसको उत्पादन बढाइएको थियो। अब यसलाई रोबोट बनाउन एक दिनभन्दा कम समय लाग्छ।

चीनले पनि समान मोडेल विकसित गरेको थियो। तर, त्यसमा एक क्यामेरा जोडिएको थियो।

ह्यान्ड्स फ्री डोर ओपनर

बेल्जियमको थ्रिडी कम्पनीले मटेरियलाइज ह्यान्ड्स फ्री डोर ह्यान्डल बनाएको छ। यो भवनमा सबैभन्दा बढी संक्रामक स्थानका लागि जोखिम कम गर्न बनाइएको कम्पनीको भनाइ छ।

यसमा दुई भाग हुन्छन्, जसको एक ह्यान्डलको दुवैतर्फ खराब गर्न सकिन्छ। यसलाई पाखुरा र कुहिनाले मोड्न सकिनेछ।
कम्पनीले निःशुल्क डाउनलोड गर्न यो डिजाइन उपलब्ध गराएको जनाएको छ।

विमानस्थल सरसफाइ गर्ने रोबोट

क्लिनटेक, एक फुल बडी कीटाणुशोधन बुथ जो सेनिटाइजिङ स्प्रे, तापमान जाँचमा उपयोग गरिन्छ। यो विमानस्थलमा स्क्रिनिङ गर्न भविष्यमा प्रयोग हुन सक्छ।

‘इम्युनी’ एप

इटालीले कोरोना भाइरस संक्रमितको खोजी गर्न एप बनाएको छ। उक्त एप जुन ८ मा लन्च हुने बताइएको छ।
राष्ट्रिय निकायबाट अनुमोदित भएपछि ‘इम्युनी’ एप्स लन्च गरिने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उक्त एप एप्पल र गुगल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिनेछ। स्मार्टफोनमा ब्लुटुथको प्रयोग गरेर एप डाउनलोड गर्न सकिने र प्रयोगकर्ताको नाम, इमेल, फोन नम्बर तथा जिपिएस डाटा पहिचान नहुने बताइएको छ।

इटालीकाे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एप्स डाउनलोड गरेका डिभाइस (मोबाइल) प्रयोगकर्तालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पोजेटिभ देखिए, ती व्यक्तिको सहमतिमा हेल्थ केयर अपरेटरले आफ्नो डिभाइसमार्फत इन्क्रिप्टेड कोड सर्भरबाट स्थानान्तरित गर्नेछन्।”

त्यसपछि एप डाउलोड गरेका र संक्रमितको निकट सम्पर्कमा रहेका व्यक्तिकहाँ पनि नोटिफिकेसन जानेछ।
उक्त एप जुन ८ मा लन्च हुने बताइएको छ।

एजेन्सीको सहयोगमा

प्रकाशित: Jun 26, 2020| 10:26 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...