सोमबार, असार १, २०८३

नेपाली युवाहरुले बनाए लकडाउनमा मन बहलाउने एप

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन्।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं- अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन्।

National life

विशेषत कोरोना महामारीका कारण लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप सञ्चालनमा ल्याएका हुन्।

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो। सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत मानिसहरुले आफ्नो व्यक्तिगत जानकारी गोप्य राखेर आफ्ना विचारहरु सार्वजनिक गर्न सक्नेछन्।

यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा पनि छ। ‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन्।

आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन्’, विवेकले भने, ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन्। उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन्।’

Shivam cement

सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरुका लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए।

उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए। प्रयोगकर्ताले प्लेस्टोरमा यहाँ क्लिक गरेर र आइफोनमा यहाँ क्लिक गरेर यो एप्स प्रयोग गर्न सक्छन्। सोलुसनको नेपालमा पनि शाखा छ।

प्रकाशित: Jun 04, 2020| 14:50 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...