मंगलबार, मंसिर १६, २०८२

अन्तरिक्षमा चीनले पठायो कार्गो रकेट, 'अन्तरिक्ष केन्द्र' बनाउँदै

लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ। रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

बेइजिङ- चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ। 

National life

लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८:५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ। रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो। 

चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ। अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो।

चिनियाँ अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपण मार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइने छ। नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ। यी प्रक्षेपण मार्फत बन्दोबस्तीका सामानका साथै तीन जना अन्तरिक्ष यात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ। 

चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो। चीनले आफ्नो महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रुपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेसन हो।

Laxmi sunrise bank
kumari

बेइजिङले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहभागी भइरहेको छैन। यसको मुख्य कारण अमेरिकी अवरोधलाई मानिएको छ। -रासस/एपी

प्रकाशित: May 30, 2021| 18:31 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...