बुधबार, असोज २१, २०८३

क्रियाशील सदस्यबाट नाम हटाएको भन्दै वडा सभापतिले गरे कांग्रेसको काजक्रिया

क्रियाशील सदस्यता खारेज गरेको भन्दै डडेल्धुराका एक वडा सभापतिले नेपाली कांग्रेसको काजक्रिया गरेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

धनगढी– क्रियाशील सदस्यता खारेज गरेको भन्दै डडेल्धुराका एक वडा सभापतिले नेपाली कांग्रेसको काजक्रिया गरेका छन्।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले पार्टीको अन्यायका विरुद्ध कपाल खौरेर क्रिया गरेका हुन्। 

उनले सोमबार कपाल खौरेर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको अन्यायविरुद्ध कपाल खौरेर त्रिmया बसेको पहिलो दिन। पार्टीमा मेरो ३० वर्षको लगानी, पार्टीलाई सिध्याउन लाग्ने केही खुराफातीले मेरो क्रियाशील सदस्यता हटाएर आफूलाई बहादुर सम्झनेहरु निकट भविश्यमा फल भोग्न तयार रहनुहोला।’ उनले आफूले पार्टीका लागि गरेको योगदानको अनादर भएको भन्दै आक्रोश पोखेका छन्।  

नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले नयाँ २५ सय ६ र नवीकरण ५ हजार ८०४ जनाको नामावली सिफारिस गरिएको छ। यसमध्ये ४६० जनाको नाम छानबिन समितिले हटाएर पठाएको उनले बताए। आइतबार क्रियाशील सदस्यको सूची सार्वजनिक भएपछि जिल्लामा असन्तुष्टि बढेको छ।

 ‘मेरो पनि नाम हटाइएको छ,’ कार्यालय सचिव विष्टले भने, ‘जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्व जिल्ला सभापति तथा परशुराम नगरपालिकाका पूर्व सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल लगायतकाको नाम हटाइएको छ।’
नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले सिफारिस नगरेका ३१२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको बताए। उनले ३१ सय ४४ नयाँ र २५ सय ९८ पुराना सहित केन्द्रबाट ५ हजार ७४२ जनाको नामावली सार्वजनिक भएको बताए।

प्रकाशित: Sep 07, 2021| 12:18 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।