शनिबार, वैशाख ८, २०८१

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ। मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

सान फ्रान्सिस्को - फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ। मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ।

triton college

फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सएप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो। ह्वाट्सएपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ।

दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सएपको ब्लगपोस्टमा लेखिएको छ। कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ।

अमेरिकी सरकारले ह्वाट्सएप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ।

प्रकाशित: Feb 13, 2020| 15:57 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...