मंगलबार, कात्तिक ६, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

Siddartha premir insuranceSiddartha premir insurance

जेलमुक्त हुँदै गर्दा के भने सैनिकले? आफन्तले सुनाए, ‘यातना र जेल भयो, क्षतिपूर्ति भएन’

सैनिक हिरासतमा चार महिना राखेर चरम यातना दिइरहँदा उनीहरुले धेरैपटक ‘हामी निर्दोष छौं’ भनेर नचिच्याएका होइनन्, तर त्यसबेला उनीहरुको आवाज त्यो कालकोठरीको भित्ताबाहेक कसैले सुनेन, न सुन्न चाह्यो।
 |  शुक्रबार, भदौ १८, २०७८
nespernesper

अनिल यादव

अनिल यादव

शुक्रबार, भदौ १८, २०७८

भरतपुर (चितवन)-  ०७५ चैत २५ गते। यो त्यही मिति हो, जुन दिन कालीबहादुर गणबाट सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई हतकडी लगाएर सेनाको गाडीले जिल्ला कारागार चितवन लगेको थियो। 

triton college

र, ०७८ भदौ १८ गते। लबकुमार र सरोजका लागि योचाहिँ यस्तो दिन बन्यो, जहाँ कालीबहादुर गणकै एउटा गाडी फेरि कारागार आइपुग्यो। तर, यसपटक कसैलाई छाड्न होइन, कसैलाई लिएर जानु थियो। त्यो पनि त्यस्ता कैदी जसलाई त्यही गणको एउटा हतियार चोरेको झुटो अभियोगमा २८ महिनाअघि समरी जनरल सैनिक अदालतले सजाय सुनाएको थियो। 

अदालतले त त्यतिबेलै दोषी ठहराउँदै लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्षको कैद सजाय सुनाइसकेको थियो। सैनिक हिरासतमा चार महिना राखेर चरम यातना दिइरहँदा उनीहरुले धेरैपटक ‘हामी निर्दोष छौं’ भनेर नचिच्याएका होइनन्, तर त्यसबेला उनीहरुको आवाज त्यो कालकोठरीको भित्ताबाहेक कसैले सुनेन, न सुन्न चाह्यो। 

समरी अदालतको फैसलाविरुद्ध उनीहरु वैशाखमै सैनिक विशेष अदालतमा पुनरावेदन गर्न पुगेका थिए। तर, २८ महिना भइसक्दा पनि फैसला हुन सकेको थिएन। जब गत साउनमा उनीहरुले चोरेको भनिएको हतियार सेनाकै सिपाही गंगाधर ढकालले चोरेर आफ्नै सहकर्मीको हत्या गरेको रहस्य खुल्यो, त्यसपछि एकाएक सैनिक वृत्तमा तरंग आयो। सैनिक अदालतमा लगातार पेसी चढ्यो। र, बिहीबारको बहसपछि शुक्रबार फैसला आयो– ‘हतियार चोरेको अभियोगबाट सफाइ दिँदै सरोज र लबकुमारलाई रिहा गर्ने।’

०००

Metro Mart
vianet

शुक्रबार साढे ४ बजेतिर चितवनस्थित जिल्ला कारागार पुग्दा कारागार परिसरमा बेग्लै रौनक थियो। यस्तो लाग्थ्यो, कसैको रिहाइमा कारागारका पर्खाल पनि रमाइरहेका थिए– वरिपरिका रुखका हाँगा उनीहरूको स्वागतमा हल्लिरहेका थिए। लबकुमार र सरोजको रिहाइ हेर्न सर्वसाधरणको भीड बढ्दै थियो। भित्र क्यामेरासहित छिरेका पत्रकार जेलरसँग आग्रह गर्दैै थिए, ‘एउटा फोटोमात्रै भए पनि खिच्न दिनुपर्‍यो, सर।’

सरोज–लबकुमारको बिदाइ गरिएको ठाउँमा पत्रकारलाई जान दिइएको थिएन। उनीहरुलाई लिन आएको सेनाको गाडी भने त्यहींसम्म पुगिसकेको थियो। साथीहरुको बिदाइमा कोचाहिँ खुसी होला र! तर, लब र सरोजका कैदी साथीहरुले हाँसीहाँसी अबिर र खाँदा लगाइदिएको देख्दा लाग्थ्यो, जेलभित्रको साथी त कसैको बिदाइमा बढी खुसी हुँदोरहेछ।

जेलभित्रै रहँदा सरोजले नेपालसमयसँगको कुराकानीमा भनेका थिए, ‘जेलर सा’बले त साह्रै माया गर्नुहुन्छ। सधैं भन्नुहुन्छ, तिमीहरु निर्दोष छौ जस्तो लाग्छ, एक दिन पक्कै न्याय पाउँछौं।’

सरोज र लबकुमारको बिदाइ समारोह हेर्दा त्यस्तै महसुस हुन्थ्यो। खुब खुसी देखिन्थे जेलर सा’ब। पत्रकारसामु फोटो खिचाइरहँदा होस् या गाडीभित्र दुई हतियारधारी सेनाको बीचमा बसेर हात हल्लाउँदा, लबकुमार र सरोजले साँच्चै खुसी थिए त? 

उनीहरु जेलबाट निस्किनु केही घण्टाअघि मात्रै परिवारको प्रतिक्रिया लिन जंगी अड्डामै पुगेको थियो, नेपालसमय टिम।

‘फैसला सुनेर खुसी हुनुहुन्छ?’

‘अढाइ वर्ष जेल बसेर (कहिले सैनिक हिरासत, कहिले कारागार) छोरा छुट्दैछ, खुसी त भइहाल्छ तर ऊमाथि जति अन्याय भएको थियो, जति यातना भएको थियो, फैसलाले त्यसमा न्याय गरेजस्तो लागेन,’ सरोजकी आमा माया तामाङको गुनासो थियो। 

‘बल्लतल्ल छुटेको छोरो, फेरि फसाइयो भने,’ छेउमै रहेका सरोजका बाबु कृष्णबहादुर झनै संशकित सुनिए। सैनिक विशेष अदालतले सरोज र लबलाई हतियार चोरको अभियोगबाट सफाइ दिँदै गर्दा डिउटीमा लापरबाही भने भएको भन्दै हतियार हराएको मितिदेखि गनिने गरी तीन वर्ष बढुवा रोक्ने फैसला पनि गर्‍यो।

लबकुमारकी श्रीमती प्रमिलाको मत पनि त्यस्तै छ। उनलाई अपेक्षा थियो– श्रीमान्को रिहाइसँगै यत्रो समय खेपेको यातनाबापत पक्कै क्षतिपूर्तिको व्यवस्था होला। ‘तर, उल्टै बढुवा रोक्का गर्ने निर्णय पो भएछ। एकातिर तिमीहरु निर्दोष रहेछौ भनेर छाडियो, अर्कोतिर अलिकति दोषचाचाहिँ छ भनियो।’

‘यो अपेक्षित थिएन,’ सरोज–लबकुमारका पक्षबाट बहस गरेका अधिवक्ता अरुण पौड्यालले भने, ‘हतियार कहिले हराएको, यकिन भएको अवस्था थिएन। जहिले हरायो भनियो त्यसदिन सरोज र लबकुमारले डिउटी पनि गरेकै अवस्था थियो। एक त चोर्दै–नचोरेको हतियार कसुरमा चार महिना यातना र २८ महिना जेल बसिसकेका थिए। तैपनि उनीहरुको बढुवा रोक्का गर्ने फैसलाले पूर्ण न्याय पाएको महसुस भएको छैन।’



लबकुमारकी श्रीमती प्रमिला तामाङ र सरोज तामाङकी आमा माया तामाङ।

लबकुमारकी श्रीमती प्रमिलाको मत पनि त्यस्तै छ। उनलाई अपेक्षा थियो– श्रीमान्को रिहाइसँगै यत्रो समय खेपेको यातनाबापत पक्कै क्षतिपूर्तिको व्यवस्था होला। ‘तर, उल्टै बढुवा रोक्का गर्ने निर्णय पो भएछ। एकातिर तिमीहरु निर्दोष रहेछौ भनेर छाडियो, अर्कोतिर अलिकति दोषचाहिँ छ भनियो,’ फैसलाप्रति उनी पनि पूर्ण खुसी देखिइनन्। 

अर्का अधिवक्ता सोमनाथ ढुंगाना पनि बढुवा रोक्काको फैसला अन्यायपूर्ण भएको बताउँछन्। ‘यो फैसलाविरुद्ध सर्वोच्च र क्षतिपूर्तिका लागि जिल्ला अदालत जानुपर्ने अवस्था देखियो, जब बढुवा फुकुवासहित लबकुमार र सरोजलाई यो साढे दुई वर्षमा भागेको जेलजीवन र यातनाबापतको क्षतिपूर्ति दिइन्छ, त्यस दिनमात्रै पूर्ण न्याय भएको आभास हुनेछ।’

काठमाडौंमा फैसलाबारे कुरा भइरहँदा लबकुमारकी श्रीमती एक्कासी श्रीमान्सहित उनको परिवारलाई दिएको यातना सम्झेर भक्कानिन्थिन्। ‘म एक्लै बोल्न सकिनँ, लबकुमार छुटेपछि दुईजना सँगै भएर इन्टरभ्यू दिन्छौं है,’ उनी पन्छिन खोज्थिन्।

यही क्रममा अधिवक्ता सोमनाथ ढुंगानालाई जेलभित्रबाट लबकुमारको फोन आयो। ‘खोइ कतिखेर कसरी छुट्छाैँ हामी, पत्र त आएका छैन,’ कारागारमा उनीहरुको रिहाइका लागि सैनिक अदालतबाट आउनुपर्ने पत्रको पर्खाइमा रहेका उनी यस्तै सोधिरहेका थिए। 

त्यही क्रममा हामीसँग फोन कुराकानी गर्ने मौका जुर्‍यो। तर, हामीले बधाई दिइरहँदा फैसलासँग उनी खासै सन्तुष्ट सुनिएनन्। फैसलाले न्याय नगरेको महसुस उनी सुनिरहेका थिए। 

सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले चार महिना चरम यातना पाएको त्यो गणभित्र फर्कनुपर्दा उनी आफूलाई सुरक्षित महसुस गरिरहेका थिएनन्। सरोजले हामीसँग जेलभित्रै रहँदा भनेका थिए, ‘मानसिक र शारीरिक यातनाले नाकमा किरा परेन कि, खुट्टाबाट पिप निस्किएन! अझै पनि जानुपर्छ हस्पिटल। नपत्याए, कारागारमा जसलाई पनि सोध्न सक्नुहुन्छ।’

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन्। ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए। 
उनीहरुले भनेअनुसार त्यतिबेला एक दिन पनि राम्रोसँग सुत्नै दिइएन। ‘न नुहाउन दिइयो, न मुख धुन, न दाँत माझ्न। अँध्यारो घरभित्र साउन्ड सिस्टमको आवाज आउँथ्यो। हातखुट्टा जताततै हतकडी, आँखामा पट्टी हुन्थ्यो। यतिसम्म कि भात खाँदा आँखामा पट्टी हुन्थ्यो। के खुवाउँथे, थाहा हुन्थेन। तर पनि भोक मेट्न खाइन्थ्यो।’

सरोजले भनेअनुसार एकपटक त उनीहरुलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि सरोजलाई भनियो, ‘तेरो साथी लबकुमार मर्‍यो।’ ‘त्यसपछि बन्दुक कहाँ छ, अब त भन्, नत्र तँलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।’  

लबले पनि यातना पाएका ती दिन बिर्सन सकेका छैनन्। ‘मलाई त जागिर खानै मन छैन। अझै पनि आफूलाई असुरक्षित महसुस गरिरहेको छु, भेटेर धेरै कुरा भन्न मन छ, सर,’ फोनमा उनले भनेका थिए। 

जब कारागारमा पुगियो, सेनाको दबाबका कारण उनीहरुले केही बोलेनन्, बस तस्बिरका लागि पोजमात्रै दिए। लब र सरोजलाई देख्दा लाग्थ्यो, ‘उनीहरु खासमा खुलेर बोल्न चाहन्छन्।’  

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला) 


प्रकाशित: Sep 03, 2021| 22:06 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्