शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर [अन्तर्वार्ता]

हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन?
 |  शुक्रबार, भदौ १८, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, भदौ १८, २०७८

जनता समाजवादी पार्टीभित्र विवाद उत्पन्न भएपछि महन्थ ठाकुरसहितका केही नेता अलग भए। ठाकुरको नेतृत्वमा निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ। पार्टी दर्ता भएपछि संगठन निर्माणका लागि अध्यक्ष महन्थ ठाकुर आफैं मधेस दौडाहामा छन्। लोसपाका अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका बेला नवगठित पार्टीको अवस्था, भावी गन्तव्य, मधेसका मुद्दा र सममायिक राजनीतिक विषयमा उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

triton college

नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता किन पर्‍यो?

मधेसका जनता सबल नेतृत्वको खोजीमा छन्। राजनीतिक परिवर्तनपछि अपेक्षा गरेअनुसार मधेसी जनताले आफ्नो अधिकार पाउन सकेको छैनन्। मधेस केन्द्रित दलहरू सत्ता स्वार्थमा केन्द्रित हुँदा मुद्दा ओझेलमा परे। यस्तो अवस्थामा  मधेसमा कुशल नेतृत्वका लागि हामीले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका हौं। हुन त जसपा गठन पनि हामीले नै गरेका थियौं। त्यति बेला समाजवादी पार्टीको भविष्य संकटमा थियो। सो दल बचाउनकै लागि हामीले समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका थियौं। अहिले मधेसका मुद्दा ओझेलमा परेकाले नयाँ पार्टी गठन आवश्यक भएको हो। 

उसो भए एकीकरण गर्नु नै गल्ती थियो त?

त्यो त समयको माग थियो। सोहीअनुसार हामीले समाजवादी पार्टीसँग एकीकरण गरेका थियौं। तर बिना तयारी हतारमा एकीकरण गरिएकाले यो समस्या निम्तिएको हो। समायोजन हुन सकेन र एकीकरण पनि टिक्न सकेन। एकै पार्टीका अलगअलग कार्यक्रम हुन थाले। त्यसपछि मतभिन्नता बढ्दै गयो। अन्ततः पार्टी विभाजनको स्थिति आयो।

corrent noodles
Metro Mart

विचार नमिलेका दुई नेता एक ठाउँमा आउनु पनि विभाजनको कारण थियो कि?

म विद्यार्थी जीवनदेखि प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्दै आइरहेको छु। जसपामा विभिन्न विचार र पृष्ठभूमिबाट आएका नेताहरू थिए। त्यसैले विचार फरक हुनु पनि पार्टी विभाजनको कारण हुन सक्छ। हुन त नेपालको राजनीतिक अवस्था अहिले अस्थिर छ। दल विभाजनको सुरुवात देशको सबैभन्दा शक्तिशाली दल बनेको नेकपाबाट भयो। अहिले प्रत्येक दलमा आन्तरिक कलह चुलिएको छ। प्रजातन्त्रमा पार्टी विभाजन हुनु सामान्य विषय हो। तापनि पार्टी विभाजन हुँदा मुद्दाहरु ओझेलमा पर्छन्।

अब पार्टी कसरी अगाडि बढाउनुहुन्छ?

देशमा उत्पीडनमा परेका वर्ग र मधेसका मुद्दा सम्बोधन गराउने उद्देश्यले हामीले नयाँ दल दर्ता गराएका छौं। अहिले हामी पार्टी निर्माणमा लागेका छौं। कार्यकर्तालाई एक ढिक्का बनाउँदै छौं। त्यसपछि बिस्तारै अन्य माग र मुद्दातर्फ हाम्रो ध्यान जानेछ।

उपेन्द्र यादव त ओलीका दुईचार जनाले दल छाड्दैमा आफूलाई फरक पर्दैन भन्दै हुनुहुन्छ नि?

म कसैको व्यक्तिगत कमेन्ट गर्न चाहन्नँ। प्रदेश २ मा सुरुमा उहाँसँगै गठबन्धन थियो। अनि किन उहाँ ओली नेतृत्वकै सरकारमा सहभागी हुनुभएको त? त्यो समयमा कोसँग सोधेर सरकारमा जानुभएको थियो उहाँ?

ओली नेतृत्वको सरकार सहभागी भएर गल्ती गरेजस्तो लाग्दैन?

ओली नेतृत्वको सरकारमा सहभागी भएको वा समर्थन दिएकोमा हामीलाई रत्तिभर पछुतो छैन। निरन्तर हामी मधेसको मुद्दालाई लिएर संघर्ष गर्दै आइरहेका छौं। हामी आफ्नो मुद्दामा प्रतिबद्ध छौं। जनआन्दोलनको जुन एजेन्डा थियो जसमा सबै राजनीतिक दल सहभागी थिए। आन्दोलनकै बलमा अन्तरिम संविधान जारी भयो। अन्तरिम संविधानमा मधेसका अधिकतम एजेन्डा समावेश गरिएको थियो। त्यसमा मधेस आधिकार सम्पन्न स्वायत्त प्रदेश बन्छ भन्ने उल्लेख थियो। तर प्रदेश त बनाइयो अधिकार दिइएन। अन्तरिम संविधानमा लिंग, वर्ण, क्षेत्रीयता र पहिचानका आधारमा रहेको भेदभाव हटाएर सबैको अपनत्व हुने खालको समावेशी राज्य निर्माण गरिने उल्लेख थियो। त्यो पनि हुन सकेन। विभेद कायमै छ। त्यसकारण संविधान संशोधन हुनुपर्छ।

आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि मुद्दा लगाइएको छ। हतियारको बलमा आन्दोलन गर्ने माओवादी नेताहरु प्रधानमन्त्रीसम्म भइसके। उनीहरूमाथि लगाइएका मुद्दा सबै फिर्ता भए। मधेसी थारूसँग मात्रै यो विभेद किन? त्यसैले हामीले आफनो माग उठाउँदै आएका छौं। त्यसमा अविचलित छौं। ती माग सरकारले मात्रै पूरा गराउन सक्छ। त्यसैले हामीले सरकारलाई समर्थन गरेका थियौं। रह्यो सरकारमा सहभागी हुने कुरा, चुनाव घोषणा भइसकेको थियो। हामी चुनावी सरकारमा सहभागी भएका थियौं। चुनावको अर्थ जनतामा जानु हो। प्रजातन्त्रमा जनतामा जानुको अर्थ गलत होइन।

रेशम चौधरीलाई मुक्त गर्न सक्नु भएन नि?

रेशम चौधरीको मुद्दा कानुनी प्रक्रियामा छ। कानुनअनुसार नै उनी रिहा हुनेछन्। माफी पनि हुन सक्छ। सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। सर्वोच्चले उनलाई निर्दोष साबित गरिदियो भने अति उत्तम। रेशम चौधरीको मुद्दा अहिलेको अवस्थामा सरकारको हातमा छैन। 

वर्तमान सरकारमा तपाईंको दल सहभागी हुन्छ?

अहिले सरकारमा सहभागी हुने कुरै आउँदैन। मधेसका मुद्दा सम्बोधन गराउने सवालमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर कुरा गरेको छु। तर अहिले तत्काल सरकारमा सहभागी हुने विषयमा कुनै कुरा भएको छैन।

वर्तमान सरकारलाई समर्थन दिनुको कारण?

आफ्ना मुद्दा सम्बोधन गराउनकै लागि हामी निरन्तर लागेका छौं। प्रधानमन्त्रीसँग पटकपटक यस विषयमा कुराकानी भएको छ। अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले माग सम्बोधन गर्दिनँ भनेका छैनन्। तर कोही समाधानतर्फ अगाडि बढ्दैनन्। नागरिकता लगायतका समस्या पनि उठाउँदै आएका छौं। तर नागरिकताको कुरा उठाउँदा अरुलाई मधेसको मात्रै मुद्दा हो जस्तो लाग्छ । जबकि यो राष्ट्रको मुद्दा हो। तीन वर्ष भयो सदनमा यो विधेयक आएको। तर सरकारले  विधेयक पारित गराउन चाहेको छैन। हामी विधेयक पारित गर्न लबिङ गर्छौं।

प्रकाशित: Sep 03, 2021| 10:35 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...