मंगलबार, असोज २०, २०८३

सुल्झिन नसकेका पृथ्वीका पाँच रहस्य : बरमुडा खोंचदेखि बोल्ने खेलौनासम्म

पृथ्वीमा थुप्रै रहस्यमयी स्थान छन्। जसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन। पृथ्वीमा थुप्रै रमाइला स्थान छन्। जहाँ मानिस मनोरञ्जन लिन जाने गर्छन्। र, अर्कोतर्फ यति डर लाग्दा स्थान पनि छन्। जहाँ मानिस बिर्सेर पनि जान चाहँदैन।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

पृथ्वीमा थुप्रै रहस्यमयी स्थान छन्। जसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन। पृथ्वीमा थुप्रै रमाइला स्थान छन्। जहाँ मानिस मनोरञ्जन लिन जाने गर्छन्। र, अर्कोतर्फ यति डर लाग्दा स्थान पनि छन्। जहाँ मानिस बिर्सेर पनि जान चाहँदैन। आज हामी यस्तै रोचक स्थानको बारेमा चर्चा गर्नेछौं।

डानाकिल डिप्रेशन

यस स्थानलाई पृथ्वीको नरकको द्वार पनि भनिन्छ। यो स्थानमा थुप्रै रहस्य लुकेको छ। यो पृथ्वीको सबैभन्दा गर्मी स्थान मध्ये एक हो। उक्त स्थान उत्तरी इथिपियामापर्छ। यो स्थानमा ज्वालामुखी सक्रिय छ। यो स्थान निकै खतरनाक छ। यसको नजिक जानु ज्यानका लागि घातक हुनसक्छ।

डर लाग्दो खेलौंनाको टापु

यो  रहस्यमय स्थान हो। म्याक्सिको भन्दा दक्षिण जोचिमिको नहरबीच 'ला इस्ला डे ला म्यूनेकस' मा यो स्थान छ। यहाँ थुप्रै खेलौना रुखमा झुन्डिएको देख्न सकिन्छ। स्थानीयका अनुसार यहाँका खेलौना एक अर्कासँग कानेखुशी गर्छन्। आँखा घुमाउँछन्। र, एकआपसमा इशाराले कुरा गर्छन्। यो स्थान निकै खतरनाक छ। यहाँ घुम्न जाने हो भने एक्लै नजानु टूर गाइड लानु भन्ने निर्देशन सरकारले दिएको छ।

बरमुडा खोंच

बरमुडा खोच पछिल्लो एक शताब्दीदेखि रहस्यको गर्भमै छ। थुप्रै शोध तथा अध्ययनका बाबजुद पनि वैज्ञानिकले यसको रहस्यको पर्दाफास गर्न सकेका छैनन्। लामो समयदेखि यो खोंचमा थुप्रै हावाइ जहाज र पानीजहाज रहस्यमय ढंगबाट गायब भएका छन्। यो स्थान अटलान्टिक महासागरको ब्रिटेनको तटीय क्षेत्रमापर्छ। यो संयुक्त राज्य अमेरिकाको पूर्वी तटमा मियामी, फ्लोरिडाबाट १७ सय ७० किलोमिटर र हेलिफ्याक्स, नोवा स्कोटिया, क्यानडाको दक्षिणमा १३ सय ५० किलोमिटर टाढा छ।

गीजाको पिरामिड

इजिप्टमा रहेको गीजाको पिरामिड आज पनि रहस्यको गर्भमा छ। यसको अद्भुत कलाकृति र यसको विशाल आकृतिको कारण आज पनि वैज्ञानिकका लागि अनुसन्धानकै विषय बनेको छ। यसको निर्माण हजारौं वर्ष पहिले मानिसले कसरी गरेका थिए भन्ने अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। गीजाको पिरामिडभित्र थुप्रै राजकीय अन्त्येष्टि स्थल छन्। यस बारेमा पनि वैज्ञानिकले केही पत्ता लगाउन सकेको छैन।

म्याग्नेटिक हिल लद्दाख

लद्दाखस्थित म्याग्नेटिक हिल निकै रहस्यमयी जग्गा हो। यहाँ गुरुत्वाकर्षणका प्रचलित नियमले काम गर्दैनन्। सबै काम उल्टो हुन्छ। यहाँ गा रोक्दा गाडी आफैं अग्लो स्थानतर्फ चढ्न थाल्छ। वैज्ञानिकहरूले यस्तो हुनु पहाडको शक्तिशाली गुरुत्वका कारण भएको बताएका  छन्। अर्का विशेषज्ञले यस्तो हुनु दृश्य भ्रमको कारण भएको बताएका छन्। जे भए तापनि यसको रहस्य अझै पत्ता लाग्न सकेको छैन। अमर उजालाबाट

प्रकाशित: Sep 02, 2021| 13:10 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।